|

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका –२ साँडेपानीमा बिहीबार राति जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। थप एक जना गम्भीर घाइते भएका छन्। 

दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको बर्दगोरिया गाँउपालिका बैनियाका ३२ वर्षीय चक्र बमको मृत्यु भएको हो। दुर्घटनामा सोहि ठाउँका भजन सुनार गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख  प्रहरी निरिक्षक यक्षराज जोशीले जानकारी दिए। गम्भीर घाइते सुनारलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।

पश्चितमबाट पूर्वतर्फ गइरहेको से ६ प ५२२९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा १८ च ८७१५ नम्बरको जीप एक आपसमा ठोकिदा दुर्घटना भएको इप्रका सुखडले जनाएको छ।

 जीप चालक घोडाघोडी नगरपालिका –३ जुरपानीका वीरबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.