|

लहान : सप्तरीको पश्चिमवर्ती सुरुङ्गा नगरपालिका ४ कदमाहास्थित खेतमा बिहीबार अपरान्ह बेवरिसे युवतीको शव भेटिएको छ। 

पूर्व पश्चिम सडक अन्तर्गत कदमाहा चोकदेखि करिब दुई सय मिटर उत्तर पश्चिम धान खेतमा करिब २१ वर्षीया मधेसी मूलकी विवाहित युवतीको शव भेटिएको हो। गलामा मङ्गलसुत्र, कालो ट्राउजरमाथि फिका हरियो रङ्को कुर्ता, सुरुवाल लगाएकी युवतीको शव छेउमा स्क्रिनटच मोवाइल, विषादी जस्तो देखिने बट्टा र थोरै पानी रहेको बोतल भेटिएको छ। 
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले युवतीको तत्काल पहिचान नखुलेको भएपनि शव नजिकै भेटिएको मोवाइलको आधारमा पत्ता लाग्ने सक्ने बताए।

घटनास्थलमा राजविराजस्थित जिल्ला प्रहरी कार्यालय विशेष टोलीले करिब साढे पाँच बजे साँझदेखि प्रारम्भिक अनुसन्धानसहित घटनास्थल प्रकृति मुचुल्का उठाउने काम गरिरहेको सुरुङ्गा नगरपालिका ४ का वडाध्यक्ष देवेन्द्र चौधरीले बताए। 

युवतीले विष सेवन गरी आत्महत्या गरेको हो या अन्यत्र हत्या गरी काटेको धान खेतमा ल्याएर फालेके हो भन्ने विषयमा अनुसन्धानपछि मात्र यकिन हुने प्रहरी निरीक्षक श्रेष्ठले उल्लेख गरे। मृतक सुरुङ्गा ५ कडरबोनामा बुधबार लागेको विवाह पञ्चमी मेला हेर्न आएकी हुन सक्ने स्थानीय बासिन्दाले आशङ्का गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.