|

दाङ :  दाङमा आगलागीमा परि एकै घरका ३ जनाको मृत्यु भएको छ।  

फुसले छाएको घरमा आगलागी हुँदा बंगलाचुली गाउँपालिका ८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।  

विहीबार राति ८ बजेतिर सोलारको ब्याट्रि पड्किएर घरमा आगलागी हुँदा पुनका ७ वर्षीय छोरा कृष्णकुमार पुन, ५ वर्षीया छोरी अस्मिता पुन र दुई वर्षीया छोरी अञ्जु पुनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले दिए।  पुनको एक बर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नबराज र उनकी श्रीमती झारफुक गराउन गाउँ गएको बेला ब्याट्रिपड्किएर आगलागी भएको प्रहरीले बताएको छ।  

आगलागी पश्चात प्रहरी चौकी हाँसिपुर र स्थानीयको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको हो।  साथै आगलागीबाट घरमा रहेका सातवटा गाई र चारवटा बाख्रा समेत जलेर नष्ट भएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.