|

काठमाडौं : सुनुवाई समितिको बैठक आइतबार बस्दै छ। 

आइतबार बिहान ११ बजे बाेलाइएकाे समिति बैठकमा प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन बैठकबोलाइएको संघीय संसदका महासचिव मनोहर भट्टराईले जनाकारी दिए।

उमेर हदका कारण प्रधानमन्यायाधीश ओमप्रकाश मिश्रले आगामी पुस १७ गते अवकाश पाउँदैछन्। नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर राणाको नाम बिहिबार बसेको संबैधानिक परिषदको बैठकले सिफारिस गरेको थियो।

न्यायपरिषद्को सिफारिसमा परेका चोलेन्द्र शमसेरलाई संवैधानिक परिषद्ले सिफारिस गरेपछि सुनुवाई समितिले नियुक्तिका लागि सुनुवाई गर्ने छ। सुनुवाई समितिबाट अनुमोदन भए चोलेन्द्र शमसेर राणा नेपालको २९ औं प्रधानन्यायाधीश बन्नेछन्। प्रधानन्यायाधीश नियुक्ती सुनुवाईसमितिको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था नेपालको संविधानमा रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.