खेलकुद

विराटनगरलाई १९७ रनको चुनौती
SHARES

मंसिर २८, २०७५

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा चितवन टाइगर्सले बिराटनगर वारियर्सलाई १ सय ९७ रनको चुनौती दिएको छ। 

    त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनायो। यसअघिका तीन वटै खेल हारेको चितवनको यो अहिलेसम्मकै धेरै स्कोर हो।

    चितवनका लागि इङ्ल्याण्डका जोन सिम्पसनले सर्वाधिक ७८ रनको योगदान गरे। अहिले बिराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ। आजै हुने अर्को खेलमा काठमाडौं किंग्स इलेवेन र पोखरा राइनोज आमने सामने भएका छन्। काठमाडौंले अहिलेसम्म खेलेका २ मध्ये एक खेल जितेको छ भने पोखरालो तीनवटै खेल हारेको छ। पोखरालाई प्लेअफ प्रवेशको संभावना कायम राख्न जित्नै पर्ने दबाब छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]