|

काठमाडौं : चैत १५ गतेबाट प्रदर्शनमा आउने फिल्म 'शुभ लभ'को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा नायक हरिहर अधिकारी र नायिका कृष्टिन पौडेल फिचरिङ छन्। पोस्टरमा उनीहरूलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। हरिहर र कृष्टिनाले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन्।

'बुद्ध इन्टरटेन्टमेन्ट'को व्यानरमा निर्माण हुने फिल्ममा प्रदीपकुमार उदय प्रस्तुतकर्ता रहेका छन्। फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ। सन्तोष बाबु लोहनीले निर्देशन गरेको यस फिल्ममा हरिहर र कृष्टिन पौडेलसँगै डा. सूर्य थापा, राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदीप बास्तोला लगायतको मुख्य भूमिका रहेको छ।

ज्योतिषि हरिहरकै कथा समावेश फिल्ममा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, रोशन भट्टराईको द्वन्द्व रहेको छ। अभिमन्यु निरवीको पटकथा रहेको फिल्मलाई रामेश्वर कार्कीले खिचेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.