|

काठमाडौं : सााबिक च्याम्पियन विराटनगर वारियर्स प्रतियोगितामा दोस्रो हारको सिकार भएको छ। चितवनले भने प्रतियोगितामा पहिलो जित निकाल्यो। एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० अन्तर्गत  शुक्रबार भएको खेलमा विराटनगरमाथि चितवनले ५ रनको रोमाञ्चक जित निकाल्यो।

टियु क्रिकेट मैदानमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवनले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको पारस खड्काको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो। पारस खड्काको कप्तानीमा रहेको विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायतले सर्वाधिक ९० रनको अर्धशतकीय इनिङस खेलेपनि टिमको हार टार्न सकेनन्। आक्रामक ब्याटिङ गरेका बाबरले ४२ बलमा ८ छक्का र ५ चौका प्रहार गरे।

यस्तै, करण केसी २४ रनमा अविजित रहँदा आसिफ शेखले ३० रन बनाए। कप्तान पारस खड्काले १९ रन जोड्दा अनीलकुमार साहले १२ रन जोडे। चितवनका प्लेयर अफ दी म्याच बनेका ललित सिंह भण्डारीले ४ विकेट लिए। यस्तै सागर ढकालले ३ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो। चितवनका लागि इंग्लिस ब्याट्सम्यान जोन सिमप्सनले ७८ रनको अर्धशतकीय इनिङस खेले। यस्तै दिपेन्द्र सिंह ऐरीले ३२ रन जोड्दा ओपनर सन्दीप सुनारले ३० रन बनाए। त्यस्तै, जर्ज स्कट २४ रनमा अविजित रहदा पाउल स्टर्लिङले १५ रन जोड । विराटनगरका लागि करण केसी, बसन्त रेग्मी, पारस खड्का र भान मिकरनले समान एक एक विकेट लिए। 

जितसँगै चितवनले ४ खेलबाट २ अंक जोडेको छ। जितपछि अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको चितवनले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ।विराटनगरको पनि प्ले अफ सम्भावना कायम रहेको छ। विराटनगरले ४ खेलबाट ४ अंक जोडेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.