|

काठमाडौं : अनमोल केसी स्टारर फिल्म 'क्याप्टेन'को गीत 'रहर छ सँगै' नेपाल युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ। बिहीबार दिउँसो सार्वजनिक भएको उक्त गीत रिलिज भएको ८ घण्टामा नै ट्रेन्डिङको नम्बर एकमा पर्न सफल भएको हो।

अनमोल केसी र नायिका उपसना सिंह ठकुरी फिचरिङ उक्त गीतको भिडियोले यस समचार तयार पर्दा सम्म युट्युबमा ४ लाख १७ हजार बढी भ्युज पाएको छ। भिडियोमा चार हजारको हाराहारीमा कमेन्टहरू आएका छन्। भिडियोलाई २२ हजारले लाइक गरेका छन् भने डिसलाइक गर्नेको संख्या १५ सय छ।

ट्रेन्डिङको शिर्ष स्थानमा रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत तथा दिग्गज धौरालीको शब्द सुन्न सकिन्छ। गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन्। भिडियोमा कविराज गहतराजको करियोग्राफी रहेको छ।

फागुन १७ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा अनमोल र उपसनासँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत, राजाम पोखरेल, प्रियंका एमबी चेरी लगायतको मुख्य भूमिका रहेको छ।

भुवन केसीको निर्माण रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्। खेलाडीको कथामा निर्माण भएको फिल्ममा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ। जिया केसी कार्यकारी निर्माता रहेको फिल्मलाई निर्देशक भट्टराईले नै लेखेका हुन्। सुदीप बराल डिओपी रहेको फिल्ममा नवराज शर्माको छायांकन तथा दीर्घ गुरुङको सम्पादन रहेको छ।

गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.