समाज

सोलुखुम्बुको वडा कार्यालय काठमाडौंमा!
SHARES

मंसिर २८, २०७५

    सोलुखुम्बु : जिल्लाको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिमबाट प्रवाह गरिने सबै सेवा काठमाडौंबाट प्रदान गरिएको छ।

    काठमाडौंको चाबाहिलमा लोखिम हाउसको नामले संचालनमा रहेको कार्यालयबाट, वडाको सबै सेवा प्रदान गरिएको हो। काठमाडौंलाई कार्यथलो बनाएर बसेका वडावासीलाई लक्षित गरी, हरेक महिनाको अन्तिम दुई दिन लोखिम हाउसले काठमाडौंबाट सेवा दिँदै आएको छ। गत भदौ महिनामा कोठा भाडामा लिएर सेवा सुचारु गरिएको वडा अध्यक्ष भूपाल सिंह राईले जानकारी दिए।

    लोखिम हाउसबाट हालसम्म चार  पटकमा १३० जनालाई सेवा प्रदान गरिसकिएको छ। जसमध्ये सबैभन्दा धेरै पंन्जिकरण सम्बनधी सेवा रहेको लोखिम हाउस काठमान्डौले जनाएको छ। वडा कार्यालय र वडाअध्यक्ष स्वयमको पहलमा महिनाको अन्तिम दुई दिन वडाका सम्पुर्ण सेवाहरु काठमाडौंबाटै प्रदान गर्ने जिल्लाकै एक मात्र वडा थुलुङदुधकोशी नौं लोखिम एक मात्र वडा रहेको छ।

    वडा अध्यक्ष भुपाल सिं राईले भने,  'सेवा सञ्चालनको लागि मेरो आफ्नै निजि खर्चमा काठमान्डौ जाने र आउने गर्छु, वडा बासी जनतालाई सहज सेवा प्रदान गर्नु हाम्रो दायित्व हो।'

    लोखिम हाउस मार्फत वडाबाट प्रवाह हुने सबैखाले सेवा प्रबाह प्रदान गरिने वडा अध्यक्ष राईको भनाई छ। एक सेवा ग्राही दावा गेल्जे शेर्पाले भने,'काठमान्डौमा रहेका लोखिमबासी जनतालाई लोखिम हाउसले सजिलो बनाएको छ , वडा कार्यालयको कदमका कारण समय र पैसाको बचत भएको छ, हाम्रा जनप्रतिनिधि देखी हामी सन्तुष्ट छौ।'

    काठमाडौं  सञ्चालन गरिने लोखीम हाउसबाट पंजिकरण सम्बन्धी सेवा विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता र जग्गाको कागजात मिलाउने लगायत सेवा लिनेको संख्या अधिक रहेको वडा अध्यक्ष राईको भनाई छ। आफु निर्वाचित भैसकेपछी जनतामा गरेको प्रतिबधता पुरा गर्नको लागी नै लोखिम हाउसको स्थापना गरिएको वडाध्यक्ष राईको भनाई छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]