|

उयदयपुर : सरोकारवाल निकायले चासो नदिँदा त्रियुगा नदी दिनप्रतिदिन प्रदुषित हुँदै गएको छ। त्रियुगा नदी किनारलाई नै त्रियुगा नगरपालिकाकाले गाइघाट बजारको फोहोर फ्याक्ने डम्पिङ साइड बनाउँदा प्रदुषित हुँदै गएको हो।

त्रियुगा नगरपालिका ११ का स्थानीय शिव दाहालले त्रियुगा नदीलाई प्रदुषित हुनबाट बचाउन मुख्य गरी त्रियुगा नगरपालिकाले डम्पिङ साइड बनाउनु नहुने बताए। ‘गाइघाट बजारभरिको फोहोर त्रियुगा नदी किनारमै नगरपालिकाले आफै फ्याक्दै आएको छ,’ उनले भने, ‘त्रियुगा नदी प्रदुषित हुँदा त्रियुगा नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई समेत असर परेको छ।’

त्रियुगा नगरपालिकाले समेत बजार क्षेत्रको सम्पूर्ण फोहोर नदी क्षेत्रमा नै फाल्ने गरेको र बजारका अन्य स्थानीयवासीले समेत विभिन्न वस्तु, मरेका घरपालुवा चौपाया जनावर पनि नदी किनारमा फाल्ने कार्य निरन्तर भएको हुँदा नदी क्षेत्रमा प्रदुषणा बढ्दै गएको गाइघाटका पत्रकार यदुप्रसाद ढकाल बताए। ‘नगरपालिकाकाले डम्पिङ साइड पनि त्रियुगा नदी किनारमै, घाट पनि त्यही अनि कसरी त्रियुगा नदी प्रदुषित हुनबाट जोगिन्छ त?’ उनले भने, ‘त्रियुगा नगरपालिकाले आधुनिक घाटको व्यवस्था मिलाउनु पर्‍यो, अनि गाइघाटको फोहोरको उचित व्यवस्थापन हुनु पर्‍यो।’

केही समय अघि त्रियु्गा नदी क्षेत्रमा दिसापिसाब गर्न नपाइने नगरपालिकाले नै निर्देशन जारी गरेको थियो। तर अहिले पनि बिहान-बेलुका धेरै बजारका स्थानीयवासी नै नदी किनारमा दिसा शौच गर्न जानेको लर्को पनि भेटिन्छ। उदयपुर खुल्ला दिशामुक्त जिल्ला घोषणा भइसकेको छ। तर पनि कार्यान्वयन नहुँदा त्रियुगा नदी प्रदुषित हुँदै गएको छ।
 
त्रियुगा नदीको पानी पवित्र मानेर नुहाउने तथा नदीको पानी स्थानीय हिन्दू मठमन्दिरमा चढाउने कार्य हुँदै आएको छ। नदी क्षेत्र फोहोर तथा प्रदुषित बन्दा अहिले त्रियुगाको पानी प्रयोग गर्न समेत छाडिएको छ। त्रियुगा नदी किनारलाई साफा र सन्दर बनाउन नदी किनारमा फोर फ्याक्न रोक लगाउनु पर्ने र नदीको बारेमा सचेतना जगाउनु पर्ने पत्रकार कौशल चेमजोङ बताए। ‘नगरपालिकाकाले मात्र अभियान चलाएर हुँदैन,’ उनले भने,‘नगरिकम पनि सचेत बने त्रियुगा नदी किनारमा सफा हुनेछ।’

त्रियुगा नगरपालिका १६ नम्वर वडाका वडाअध्यक्ष मानबहादुर राईले त्रियुगा नदीलाई हराभरा र सफा बनाउन पर्ने बताए। ‘नदी क्षेत्रमा फोहोर फाल्ने कार्य नियन्त्रण गर्न र प्रदुषण रोक्न त्रियुगा नगरपालिका, स्थानीय प्रशासन र नगरका नागरिक समाजको मुख्य दायित्व हुन आउँछन्,’ उनले भने, ‘यसतर्फ सवैले सचेत हुने वेला आएको छ।’

त्रियुगा तटीय क्षेत्रको तल्लो भेगमा खानेपानीको समेत मुख्य स्रोतको रुपमा त्रियुगा नदीलाई लिने गरिन्छ। माथिल्लो क्षेत्रमा त्रियुगा नदी प्रदुषित बन्दै गएको तल्लो क्षेत्रका सर्वसाधारण समेत चिन्तित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.