|

काठमाडौं : माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेम लीला’ को दोस्राे गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको 'मिस गरेँ' बोलको गीतमा डा. कृष्णहरि बरालको शब्द तथा हरि लम्सालको संगीत रहेको छ। गीतमा युवराज चौलागाई र मेलिना राईको स्वर सुन्न सकिन्छ।

नायिका दीपशिखा खड्का र नायक मौसम खड्का फिचर्ड भिडियोमा उनीहरूलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। कालिन्चोकको सुन्दर 'लोकेसन' मा खिचिएको भिडियोमा रामजी लामिछानेले करियोग्राफी गरेका छन्।

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्ममा दीपशिखा र मौसमसँगै भारतीय मोडल अली खानको पनि मुख्य भूमिका रहेको छ। फिल्ममा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा लगायत भारतीय कलाकारहरू अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवको पनि अभिनय रहेको छ।

नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो। पवन गौतमको छाया‌ंकन रहेको फिल्ममा चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको छ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.