|

काठमाडौं : दीपक मनाङेको मुद्दा फेरि सुनुवाइ हुने भएको छ। सर्वोच्चले उनको मुद्दा सुनुवाइ गर्न लागेको हो। यसअघि पाटन उच्च अदालतले मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको थियो।

मनाङेसहित कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनले ०६९ मा रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई दोषी ठहर गरेको थियो। तर, मनाङेबाहेक सबैलाई यसअघि नै सर्वोच्चले सफाइ दिइसकेको छ।

०६१ मा मनाङे समूहले गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान गर्दा चक्रे मिलनको हात छिनेको थियो। सोही घटनामा मनाङेलाई ०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा पाँच वर्ष कैद सजाय तोकेको थियो।

हाल मनाङे डिल्लीबजार कारागारमा रहेका छन्। मनाङे मनाङको प्रदेश (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। सर्वोच्चले मनाङेलाई सफाइ दिए उनी पुन: प्रदेश सांसद हुन बाटो खुल्‍नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.