|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियामा पारस्परिक व्यापार संभव नभएको बताएका छन्। उनले दक्षिण एसियाका देशमा एउटै देशले ८० प्रतिशतसम्मको अर्थतन्त्र धानेकोमा सबै देशबीच पारस्परिक सम्बन्ध कायम नहुने बताएका हुन्।

'दक्षिण एसियामा एउटै देशले मात्रै क्षेत्रीय अर्थतन्त्रको बहुमत हिस्सा ओगटेको अवस्थामा पारस्परिक व्यापार संभव छैन', शुक्रबार विश्‍व बैंकले तयार गरेको 'ए ग्लास हाफ फूल' नामक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा मन्त्री खतिवडाले भने।

उनले नेपाली वैदेशिक व्यापारमा अनौपचारिक व्यापारको हिस्सा बढेको बताउँदै यसको उचित अध्‍ययन गरिनुपर्ने बताएका हुन्। 'कसैले ५० प्रतिशत अनौपचारिक व्यापारको कुरा गरेका छन्, यसको आकार कति छ भन्ने यकिन हुन सकेको छैन', खतिवडाले भने। 

नेपालको व्यापार घाटा बढ्दै गएको अवस्थामा भने अर्थमन्त्री खतिवडाले विकासोन्मुख देशमा व्यापार घाटालाई नकारात्मक रूपमा मात्रै हेरिनु नहुने तर्क गरे। पुँजी निर्माणका लागि आवश्यक सामग्री आयात गर्दा हुने व्यापार घाटाले सकारात्‍मक प्रभाव पार्ने उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.