|

ओखलढुंगा : ओखलढुंगाका दुई गाउँपालिका केन्द्रमा अस्थायी प्रहरी चौकीको व्यवस्था गरिएको छ। स्थानीय तहको केन्द्र तथा केन्द्रमा भएका बैंकहरुको सुरक्षाका लागि लिखु र मोलुङ गाउँपालिकाका केन्द्रमा अस्थायी प्रहरी चौकी विस्तार गरिएको हो।

गाउँपालिकाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै विशेषतः बैंक पुगेका स्थानीय तहहरूमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। स्थानीय तहले नै सबै खर्च व्‍यवस्थापन गर्नेगरी चौकी स्थापना गरिएको पनि शर्माले बताए। अस्थायी प्रहरी चौकीहरुमा एक केन्द्रबराबर पाँचजना प्रहरी जवान खटाइने शर्माले जानकारी दिए।

केही महिना अघि लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्द पौडेलमाथि मध्यराती सांघातिक आक्रमण भएपछि स्थानीय तहका जनप्रतिनिधिहरूसमेत त्रासमा रहेका थिए। गाँउपालिका तहमा खटाइएका बैंक तथा वित्तीय संस्थाहरुले पनि सुरक्षाका लागि केन्द्रमा प्रहरी चौकी स्थापना गरिनु राम्रो एकदमै पक्ष भएको लिखु गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल भट्टराईले बताए। गाउँपालिका केन्द्रमा बैंक नपुगेको भए पनि चम्पादेवी र सुनकोशी गाउँपालिका केन्द्रमा भने यथाशीघ्र स्थायी प्रहरी चौकी स्थापना गरिने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.