समाज

'धन कमाउन गएको छोरो धन्न ज्यान बचाएर आयो'
SHARES

मंसिर २८, २०७५

    काठमाडौं :  झापाका बुद्धशान्ति गाउँपालिका वृद्ध उत्तरसिंह लिम्बू काठमाडौंमा छन्। वैदेशिक रोजगारीमा गएको छोरोलाई स्वागत गर्न काठमाडौं आएका उनी बाबु-छोरालाई नै झापासम्म पुग्न आवश्‍यक पर्ने भाडासमेत बोकेर आएका छन्।

    पारिवारिक सुखको लागि कमाउन साउदी गएको छोरो साढे दुई वर्षपछि नेपाल आउँदा एक रुपैयाँ पनि छैन। तर छोरो फर्केकोमा मात्रै बाबु हर्षविभोर छन्। गएकै अवस्थामा छोरो आउँछ वा आउँदैन भन्नेमा ढुक्क थिएनन् बाबु। आठ महिनाअघि फोनमा कुरा हुने बेलामा छोरा प्रशान्त लिम्बूसँग पिल्चे स्वरमा बाबुले भनेको त्यो शब्द प्रशान्तले अहिले पनि सम्झिएका छन्। 'छोरो अब भेट हुने हो वा हुने हैन, कुरा फेरि गर्न पाइन्छ किन नाई?...' बाबुको त्यो भनाईलाई स्मरण गर्दै प्रशान्त भन्छन् 'सबैभन्दा बढी पीडा चार महिनासम्म विदेशमा रोटी र पानी मात्रै खानुपर्ने अनि बुबाले अब भेट हुने हो वा होइन भनेर फोन गर्नु।'

    प्रशान्त २०७३ साउन २६ गते सेभ इन्टरनेशनल मेनपावरबाट एक लाख ३५ हरजार रकम खर्च गरेर मालबाहक सवारी चलाउने जागिकरको लागि साउदी गएका थिए। तर उनी गएपछि त्यही काम त पाउने भए न त सवारी चलाउनलाई लाइसेन्स दिइयो, न त जोखिम बहन गर्नको लागि इन्सुरेन्स गरियो। लाइसेन्सविना गर्दिनभन्दा ३० हजार रियल अर्थात नौ लाख रुपैयाँ उपलब्ध गराएर फर्कन भनियो मेनपावर कम्पनी सम्पर्कविहीन जस्तै बन्यो बाध्य भए लाइसेन्स विना सवारी साधन चलाउन। ट्राफिक चेकिङ नपर्ने त हैन चेकिङ परेपछि तिर्न लगाएको जरिवना भने कम्पनी आफैँ तिरिदिन्थ्यो तर आफ्नै खर्चमा लाइसेन्स बनाउनसमेत उनलाई कम्पनीले दिएन।

    नौ महिनापछि भने साउदी अरवका नागरिकले चलाएको सानो कारले उनको गाडीको पछाडी ठोक्कायो साउदीको नागरिकको ज्यान गयो उनी भने जेल परे। दोष जसको भए पनि लाइसेन्स नभएका प्रशान्त ७५ प्रतिशत दोषि ठहरिए। अझ अदालतले निर्णय लिन आठ महिना लगायो आठ महिनासम्म जेलमा कठोर याता भोगे 'मुस्लिम देश हिन्दु भएको कारण पनि हेपिए जस्तो लाग्यो उनीहरूले खाना खाएर सकेपछि छोडेको जुठो खानु पर्थ्यो,  दुर्गन्धित पानी', उनले कहाली लाग्दा ती दिन सम्झिए। १८ जनु  २०१८ मा अदालतले उनको केषमा फैसालत गर्‍यो, ब्लड मनी वापत दुई लाख २५ हजार र कारको क्षेती वापत १५ हजार रियाल को ७५ प्रतिशत रकम उनले तिर्नु पर्ने भयो कहाँबाट तिर्ने यति ठूलो रकम। 

    अन्तत:त्यो रकम पठाएर नेपाल फर्काउनको लागि नेपालीले काम सुरु गरे। नेपालमा सुरु भयो प्रशान्त फर्काउ अभियान प्रवासी नेपाली समन्वयन  समितले दुई महिना यो अभियान चलाउदा ३६ लाख ८१ हजार ६०० रुपैयाँ रकम जुट्यो। प्रराष्ट्र मन्त्रालयमार्फत रकम साउदी पठाइयो प्रशान्त नेपाल फर्किएका छन्।

    प्रशान्त भन्छन्,'मैले जस्तो दु:ख कसैले नपाओस् म भने अब कहिले विदेश जादिनँ जे गर्नु छ नेपाल मै गर्छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]