|

जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाको सम्पूर्ण कागजात तथा नक्कली सही, छाप, श्रेस्तासहित आवश्यक कागजातहरू राखी नक्कली नागरिकता बनाउने कार्यमा सक्रिय रहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। विगत लामो समयदेखि नक्कली नागरिकता, राहदानी, विवाह दर्ता, लगायतका प्रशासनसम्बन्धी आवश्यक कागजातहरू बनाउने एक समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रशासन कार्यालयको एक कर्मचारीको सहयोगमा ४ जनाले विगत २०६२/०६३ सालमा सरकारले वितरण गरेको नेपाली नागरिकताको टोलीको छाप तथा प्रशासनको अभिलेखको सक्कली डायरीको केही कागजातसहित दर्जनौँ नेपाली नागरिकता, राहदानी र डेढलाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ हो।

पक्राउ पर्नेहरूमा धनुषा जिल्लाको जनकपुरधाम उप–महानगरपालिका २० देवपुरा रुपैठाको ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका ५ बस्ने ४९ वर्षीय गंगा साह, रौतहटको दुर्गा भगवती गाउँपालिका ४ बस्ने हेमन्तकुमार पाण्डे र जिल्ला प्रशासन कार्यालय धनुषामा सहयोगी पदमा कार्यरत्त ४२ वर्षीय महावीर मण्डललाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन सार्वजनिक गरेको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेल समक्ष गरिएको पत्रकार सम्मेलनमा पक्राउ परेका मध्ये रोशन कुमार चौधरीको जनकपुरधाम  २० स्थित डेरामा सुराकीको आधारमा प्रहरीले छापा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूको साथबाट दजर्नौ नक्कली नेपाली नागरिकता, विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराँको प्रमाणसहितको विभिन्न ठेली, सादा नाम नभरेको नेपाली नागरिकता, नेपाली नागरिकतामा टाँस हुने हेलोग्रामको लोगोसहित बरामद भएको छ।

साथै जिल्ला प्रशासन कार्यालयको छाप, प्रशासकीय अधिकृतको छाप, स्थानीय पञ्जिकाधिकारीको छाप, टोली प्रमुखको छाप, नगरपालिकाको छाप, वडा अध्यक्षको छाप, नेपाली नागरिकता प्रमाणपत्रमा टास हुने हेलोग्राम, नागरिकता विवरणको ठेली, मोबाइल १ थान, १ लाख ५३ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रहरी नायव उपरीक्षक शाहीका अनुसार धनुषा जिल्ला अदालतबाट सरकारी दस्तखतको छाप किर्ते र नागरिकता मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेकोले थप अनुसन्धानका लागि हिरासतमा राखिने भएको जनाए। पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले २०७० मुलुकी फौजदारीऐनअन्तर्गत कारवाही हुने तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाइने जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.