|

विराटनगर : प्रदेश १ सरकारले पाँच वर्षसम्म दुईवटा फुटबल प्रतियोगिता गराउने भएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)मार्फत प्रदेश १ मा मुख्यमन्त्री कप र अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र एन्फाबीच पाँच वर्षसम्म सरकारको सहयोगमा फुटबल प्रतियोगिता गराउने सम्झौता शुक्रबार गरिएको छ। दुईवटा फुटबल प्रतियोगिताका लागि प्रतिप्रतियोगिता प्रदेश सरकारले एक करोड रुपैयाँ नगद सहयोग प्रदान गर्नेछ। यसै वर्षदेखि प्रतियोगिता गराउने गरी सरकारले दुईवटा प्रतियोगिताका लागि एक-एक करोड रुपैयाँ बिनियोजन गर्ने सम्झौता भएको छ।

सम्झौतामा सामाजिक विकास मन्त्रालयका सहसचिव उपेन्द्र दाहाल र एन्फाका प्रवक्ता एवं सदस्य किरण राईले हस्ताक्षर गरे। सम्झौता अनुसार मुख्यमन्त्री प्रदेश १ स्तरीय फुटबल अन्तर्गत १४ वटा जिल्लाका फुटबल टिमहरूलाई सहभागी गराइनेछ। तीमध्ये उत्कृष्ट दुई टिमलाई अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कपमा सहभागी हुने अवसर प्रदान गरिने छ। यसैगरी प्रदेश १ मै अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सञ्चालन गरिने र त्यसमा सात वटा प्रदेशका सात टिम, ए डिभिजनका उत्कृष्ट ६ वटा टिम र विदेशी तीनवटा टिमलाई सहभागी गराइने उल्लेख छ।

प्रदेश सरकारको उक्त कदमले खेलकुदको क्षेत्रमा ठुलो योगदान पुग्ने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.