|

इनरुवा :  सुनसरीको धरान उपमहानगरपालिकाबाट गोरु काटेको आरोपमा १० जनालाई आज प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी रहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। 

चार गोरु काट्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको फुयालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.