|

इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह ‘बीबीसी अफ्रिकन वर्ष फुटबलर’ अवार्ड बाट सम्मानित भएका छन्। युरोपमा व्यावसायिक फुटबल खेलिरहेका अफ्रिका महादेशका अन्य चार खेलाडीलाई पछि पार्दै इजिप्टका सलाहले बीबीसी अफ्रिकन वर्ष फुटबलर अवार्ड हात पारेका हुन्।

बेलायती सञ्चार संस्था बीबीसीले हरेक वर्ष प्रदान गर्ने यस अवार्ड सलाहले लगातार दोस्रो पटक जितेका हुन्। सलाहले गत बर्ष पनि यस अवार्ड जितेका थिए। अवार्डका लागि बीबीसीले मनोनयन गरेका अन्य चार खेलाडी भन्दा सर्वाधिक बढी मत ल्याउँदै सलाहले अवार्ड जितेका हुन्। सलाह यस अवार्ड जित्ने इजिप्टका तेस्रा खेलाडी हुन्।

उपाधि जित्ने क्रममा सलाहले सेनेगल तथा लिभरपुलकै साडियो माने, मोरक्को तथा युभेन्ट्सका मेधी बेनेटिया, सेनेगल तथा मोनाकोका कालिडोउ कोलीवाली र घाना तथा एट्लेटीको मड्रिडका थोमस पार्टीलाई पछि पारे।

बीबीसीले यस अवार्डका लागि मनोनित पाँच खेलाडीको सूची भोटिङका लागि आफ्नो वेबसाइडमा राख्ने गर्छ। जसमा समर्थकहरुको भोटका आधारमा विजेता घोषित गरिन्छ। यस अवार्ड जित्ने क्रममा सलाहले ६ लाख ५० हजार बढी भोट पाएका थिए।

सलाहले गत सिजन लिभरपुलका लागि उत्कृष्ट खेलेका थिए। लिभरपुलका लागि सलाहले गत सिजन ५२ खेलमा ४४ गोल गरेका थिए। सलाहकै उच्च प्रदर्शनले गत सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। जारी सिजन पनि सलाह उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.