|

धनकुटा : एक दम्पतीले ब्लड क्यान्सर भएका छोराको जीवनरक्षाका लागि सहयोग गर्न अनुरोध गरेको छ। तीन महिनाअघि क्यान्सर देखिएका शहीदभूमि गाउँपालिका ३ तेली टोलका ११ वर्षीय सरोज राईको उपचारका लागि सहयोग गर्न उनका बाबुआमाले अपिल गरेका हुन्। 

उपचारका लागि डाक्टरहरूले २० लाख रुपैयाँ आवश्यक भएको भ न्दै आमा सरिना र बुवा छत्र राईले सहयोगको लागि अपिल गरेका हुन्। प्रारम्भिक उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा उपचारपछि उनलाई थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लाने तयारी गरिए पनि रकम अभावले रोकिएको छत्रले जानकारी दिए।

सरोजको उपचारमा हालसम्म दुई लाख ५० हजार सकिएछि थप उपचारका लागि रकम नभएको छत्रको भनाइ छ। स्थानीय जालपादेवी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत सरोजलाई हिँड्न नसक्ने, ज्वरो निको नहुने र नाक, मुखबाट रगत बग्ने भएपछि ब्लड क्यान्सर भएको पत्ता लागेको थियो।

कृषि पेशामा आबद्ध आफूहरूसँग आम्दानीको गतिलो स्रोत नभएकाले सहयोग गर्न राई दम्पतीले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.