|

काठमाडौं : गजल सन्ध्याको दोस्रो शृङ्खलामा अघिल्लो पुस्ताका ज्ञानुवाकर पौडेल र नयाँ पुस्ताका जय गौडेलले प्रस्तुति दिएका छन्।

साँस्कृतिक संस्थान र अनाममण्डलीको संयुक्त आयोजनामा  राष्ट्रियनाचघरमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ गजलकार पौडेलले पञ्चायकालदेखि जनआन्दोलन हुँदै पछिल्लो समयसम्मको गजललाई समेटे। युवा पुस्ताका गजलकार गौडेलले प्रणय भावका गजल गायन गरे। कार्यक्रममा दुवै स्रष्टाले आठ–आठ गजल प्रस्तुत गरेका थिए। 

कार्यक्रममा संस्थानका राजेश थापाले साहित्य, सङ्गीत, वाद्यवादन लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। कार्यक्रमा वाचित गजलको समीक्षा डा‍. देवी नेपालले गरे।

नेपाली समाजमा अझै पनि जातिप्रथा, छाउपडीप्रथा, बोक्सीप्रथा जस्ता रुढिवादी परम्परा यथावत् रहेकाले कलमको माध्यमबाट उतार्न कार्यक्रमका वक्ताले सुझाव दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.