|

झापा : भारतीय १ हजार र ५ सय दरका नोटको कारोबार बन्द भएसँगै नेपालको अलैँची व्यापार प्रभावित भएको छ। 

नेपालको पूवी क्षेत्रमा उत्पादित अलैँचीको मुख्य बजार भारत रहेको र नोटको कारोबार बन्द भएपछि त्यहाँका व्यापारीले नेपाली व्यापारीलाई मूल्य स्पष्ट पार्न नसक्दा अलैँचीको व्यापार प्रभावित भएको हो। 

अलैँची व्यवसायी महासंघले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी बजार मूल्य थाहा नहुँदा कृषकको अलैँची किन्न नसकिइएको स्पष्ट पारेको छ। महासंघले किसानलाई अलैँची एक महिनाका लागि थन्क्याएर राख्न आग्रह गरेको छ। 

महासंघले अन्य व्यवसायीलाई पनि हतारो नगर्न आग्रह गर्दै भारतीय नोटको कारोबार व्यवस्थित भएपछि आफ्नो सामान बिक्री गर्न भनेको छ। ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, खोटाङ, गोरखा, लम्जुङ, सिन्धुपाल्चोक र काभ्रेमा महासंघको शाखा छन्। 

तिनै शाखामार्फत् अलैँचीको व्यापारका बारेमा जानकारी गराइने व्यवसायी महासंघका महासचिव ओमकृष्ण विमलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.