|

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा अहिले भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स ११ बीच प्रतिस्पर्धा भइरहेको छ।

काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि भैरहवाले ब्याटिङ सुरु गरेको छ। लिगमा अपराजित भैरहवा तीन खेलबाट ६ अंक जोड्दै प्लेअफमा प्रवेश गरिसकेको छ।

तीनमध्ये दुई खेल जितेर ४ अंक जोडेको काठमाडौंले आजको खेल जितेमा एक खेल बाँकी छँदै प्लेअफमा स्थान सुरक्षित गर्नेछ। शनिबार दिउँसो १ बजे हुने अर्को खेलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। लगातार चार खेल हारेको पोखरा प्रतियोगिताबाट बाहिरिसकेकाले उसका लागि शनिबारको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ।

चारमध्ये एक खेल मात्रै जितेको चितवन आजको खेल जितेर प्लेअफ प्रवेशको झिनो सम्भावना कायम राख्ने दाउमा छ। चितवनले  जित निकाले पनि प्लेअफमा पुग्न बिराटनगर वारियर्स र काठमाडौंको बाँकी खेलको नतिजा कुर्नुपर्नेछ। चितवन पोखरासँग पराजित भए ललितपुर र भैरहवासँगै विराटनगर र काठमाडौं पनि प्लेअफमा प्रवेश गर्नेछन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.