|

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक शनिबार काठमाडौमा सुरु हुँदैछ। यलम्बर पार्टी प्यालेसमा सुरु हुने बैठकको बिहान ११ बजे सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

बैठकमा आइतबारदेखि राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल सुरु हुने नेता मीन विश्वकर्माले जानकारी दिए। पार्टीलाई संघीय संरचनाको ढाँचामा लैजान कांग्रेसले महत्त्वपूर्ण ठानेको विधान मस्यौदामा भने सहमति जुटेको छैन। विधान मस्यौदामा सहमति जुटाउन भन्दै केही शीर्ष नेताहरु बिहानैदेखि अनौपचारिक छलफलमा जुटेका छन्।

शुक्रबार बेलुकीसम्म बसेको केन्द्रीय समिति बैठकमा पनि विधान मस्यौदामा नेताहरुबीच सहमति नभएपछि सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्कासहित चार नेतालाई सहमति गर्ने जिम्मा दिएको नेता विश्वकर्माले बताए। महासमिति बैठकमा सहभागी सदस्यको नाम दर्ता र दस्तावेज वितरण कार्य भने हिजैदेखि सुरु भएको छ। बैठकमा देशभित्र र विदेशस्थित जनसम्पर्क समितिबाट गरी झण्डै एक हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन्।

जिल्ला सभापति तथा भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई पनि सहभागी गराउने कांग्रेसको तयारी छ। विधानमा प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भएपनि ५ वर्ष आठ महिनापछि महासमिति बैठक बस्न लागेको हो। सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि यो पहिलो महासमिति बैठक हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.