|

बाँके : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ कमिटीले बाँकेका आठ वटै स्थानीय तहका अध्यक्ष र सचिव चयन गरेको छ। रुपन्देहीको बुटवलमा शुक्रबार सम्पन्न बैठकले जिल्ला कार्यदलको सिफारिसअनुसार अध्यक्ष र सचिव चयन गरेको हो। तत्कालीन एमालेले पाँच स्थानीय तहमा अध्यक्ष पाएको छ भने माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिका, खजुरा र राप्तीसोनारी गाउँपालिकामा अध्यक्षको नेतृत्व पाएको छ।

नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्ष डिल्ली बराल र सचिवमा दत्त आचार्यले जिम्मेवारी पाएका छन्। कोहलपुर नगरपालिकाको अध्यक्षमा वसन्ती अधिकारी र सचिवमा तुलाराज विष्ट, बैजनाथ गाउँपालिका अध्यक्षमा चन्द्रबहादुर थारु र सचिवमा मिरा कार्की चयन भएको नेकपा प्रदेश कमिटीले जनाएको छ।

प्रदेश कमिटीले जारी गरेको विज्ञप्तीअनुसार खजुरा गाउँपालिकाको अध्यक्षमा राजकुमार बिक र सचिवमा यमबहादुर महतारा, जानकी गाउँपालिकाको अध्यक्षमा पदम धिताल र सचिवमा नारायण गिरी, राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा चामबहादुर घर्ती र सचिवमा मनोज केसीलाई चयन गरिएको छ। 

यस्तै, नरैनापुर गाउँपालिकाको अध्यक्ष प्रमोद मिश्र, सचिवम मेराज खाँ र डुडुवा गाउँपालिका अध्यक्षमा सकिल अहमद खाँ तथा  सचिवमा भोला यादव चयन भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.