|

उदयपुर : उदयपुरको ताप्ली गाउँपालिकाकाले सार्वजानिक स्थलमा मदिराजन्य पेय पदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ। विद्यालय, बजार क्षेत्र, स्वास्थ्यचौकी, सरकारी कार्यालय, बैंकको छेउछाउमा मदिराजन्य पेय पदार्थमा प्रतिबन्ध लगाएको हो।

ताप्ली गाउँपालिकाका शिक्षक मिलन तामाङले सार्वजानिक स्थलमा मदिराजन्य वस्तुको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि विद्यालयहरूले स्वागत गरेको बताए। ‘विद्यालय क्षेत्रभर मदिराजन्य पेय पर्दाथ विक्री वितरणमा प्रतिबन्ध लाग्नु खुशीको कुरा हो,’ उनले भने, ‘बिक्री वितरण र सेवनमा रोक लगाउनुको साथै उल्लंघन गर्नेलाई दण्ड जरिवाना गर्ने नियम समेत बनाइएको छ।’

गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले गाउँपालिकाको सार्वजनिक ठाउँमा मदिरा सेवन निषेध र यातायात भाडा दर समायोजन समेत गरिएको जानकारी दिए। ‘शुक्रबार ताप्ली गाउँपालिकाको रुपाटारमा गाउँ कार्यपालिका र बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, प्रहरी, शिक्षकहरू र सबै सरोकारवालाको भेला गरी यातयातको भाडा दर र सर्वजानिक स्थलमा मदिरा प्रबन्ध गर्ने निर्णय गरेका हौँ।’ उनले भने, ‘गाउपालिकास्तरीय पालिका अध्यक्षको संयोजकत्वमा मदिरा नियन्त्रण अभियान अनुगमन समिति समेत गठन गरिएको  छ।’

थापाका अनुसार विद्यालय, बैङ्क, सरकारी कार्यलय लगायत सार्वजनिक स्थल देखि एक किलोमिटरभित्र मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ। ‘यदि कसैले गाउँपालिकास्तरीय भेलाले गरेको निर्णण उलंघन गरे एक हजार जरिवाना गरी १२ घण्टा प्रहरी कार्यालयमा राखिने नियम बनाएका छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.