|

नवलपरासी : पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ४ मदनपुरबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। शुक्रबार राती प्रहरीले १ लाख ३३ हजार नगदसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कावासोती नगरपालिका-१६ का ३८ वर्षीय अर्जुन गिरी, सोही ठाउँका एनिस गिरी, ४३ वर्षीय नेत्रबहादुर महतो, मध्यविन्दु नगरपालिका-३ का ४३ वर्षीया तिलकराम महतो, पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ का ४० वर्षीय दीपक भण्डारी, बर्दघाट १४ का ३५ वर्षीया छविललाल शर्मा, बर्दघाट १५ का २८ वर्षीया लालबहादुर तामाङ, चितवनको राप्ती नगरपालिका-९ पर्साका ३५ वर्षीय श्यामकुमार श्रेष्ठ र लमजुङ घर भई हाल चितवन भरतपुर महानगरपालिका-११ बस्ने २४ वर्षीया कविता गुरुङ रहेका छन्। पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.