|

दोलखा : दोलखाको बैतेश्वर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी बैतेश्वर गाउँपालिका–४ ओखरबोटेका १९ वर्षीय जयबहादुर खत्रीको मृत्यु भएको हो। च्यानेबाट जिरीतर्फ जाँदै गरेको बा२४प ८१२८ नंको मोटरसाइकल गोलाइ मोड्ने क्रममा दुर्घटना भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। 

उनका अनुसार मोटरसाइकल सिक्दै गरेका खत्रीले खरिखोलाको गोलाई मोड्न नसक्दा मोटरसाइकल रुखमा ठोक्किएर सडकबाट करीब ३२ फिट तल पुगेको थियो । मृतक खत्रीको शव परीक्षणका लागि जिरी अस्पतालमा राखिएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.