समाज

मिनीट्रक ट्रक दुर्घटना अपडेट : मृतक २० जनाकै सनाखत
SHARES

मंसिर २९, २०७५

    नुवाकोट : दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनाको काठमाडौँमा उपचार भइरहेको छ । 

    दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपु जाँदै गरेको बा३ख ३९१३ नम्बरको मिनीट्रक दुप्चेश्वर–१ घ्याङडाँडामा दुर्घटना भएको थियो । घटनास्थलमै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। 

    मृत्यु हुनेहरुमा घ्याङफेदी सिसिपुकी २७ वर्षीया विभिमाया तामाङ, १४ वर्षीया सीता तामाङ, ३६ वर्षीया सुनश्री तामाङ, २४ वर्षीय शुकराम तामाङ, ३९ वर्षीय सोनम लामा, ५५ वर्षीय टोकले तामाङ, २२ वर्षीय मङ्गले तामाङ, ४४ वर्षीय आइत तामाङ, ४० वर्षीय सेल्वोन तामाङ, ६० वर्षीय खाम्सुङ तामाङ, ३२ वर्षीय रिवल तामाङ, २० वर्षीय भीमबहादुर तामाङ, ४३ वर्षीय मिङमार तामाङ, ३७ वर्षीय छोवाङ सोनाम तामाङ, ३४ वर्षीय लक्ष्मण तामाङ, ४६ वर्षीय वीरबहादुर तामाङ, २० वर्षीय कृष्ण तामाङ, ५० वर्षीय मीनबहादुर तामाङ, ४५ वर्षीय सुने लामा र शिखरबेँसीका १५ वर्षीय रितेश पण्डित रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

    मिनीट्रक दुर्घटनामा परी उपचाररत घाइतेमा घ्याङफेदीको सिसिपुकै २२ वर्षीया छिरिङ तामाङ, ४० वर्षीय रामबहादुर तामाङ, १७ वर्षीय रामु तामाङ, २६ वर्षीय साहिला तामाङ, २३ वर्षीय शिरमेन्दो तामाङ, सावित्री तामाङ, यारिमेन्दो तामाङ, ३८ वर्षीय मुइजित तामाङ, ४९ वर्षीय वीरबहादुर तामाङ, ३८ वर्षीय लक्ष्मण तामाङ, ३३ वर्षीय चन्द्रबहादुर तामाङ, २६ वर्षीय शुकराम तामाङ, रामभक्त थापा, मानबहादुर तामाङ र नौ महिनाकी नाबालिका रहेका छन् । 

    मिनीट्रक सडकदेखि करिब ५०० मिटर तल तादीखोलामा खसेको प्रहरीले जनाएको छ । शिखरबेँसीको सिम्टाङमा मृत्यु भएको आफन्तको घेवामा सहभागी भएकाहरुलाई लिएर जाँदै गरेको मिनीट्रक दुर्घटनामा परेको हो । 

    दुर्गम भएको कारण घाइतेको उद्धारमा समस्या भएको थियो । स्थानीय उद्धारकर्ताले मिनीट्रकमा पठाएका बिरामीलाई बीच बाटोबाट एम्बुलेन्समा हालेर उपचारका लागि दुर्घटना भएको पाँच घण्टापछि राजधानी पठाइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]