|

काठमाडौंः नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा सुरु भएको छ। महासमिति बैठक ३ पुसम्म संचालन हुँदैछ। तीन तहकै निर्वाचनमा नेपाली कांग्रेसले अप्रत्यासित हार बेहोरेपछि नेताहरूले महासमिति बोलाउनुपर्ने माग गरेका थिए। लामो माथापच्चीपछि कांग्रेसको महासमिति बैठक आयोजना भएको हो। 

सिंहदरबार नजिकैको यलम्बर पार्टी प्यालेसमा महासमिति बैठक सुरु भएको हो। बैठकको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटनगरे। उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो। उद्घाटन शत्रपछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ। पार्टीको विधान पनि महासमिति बैठकमा  छलफलका लागि पेस गरिनेछ।

बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भात्तृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि,  निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन्। केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु बैठकमा सहभागी भएका छन्।  शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.