खेलकुद

काठमाडौं प्लेअफमा
SHARES

मंसिर २९, २०७५

    काठमाडौं : किग्स ११ जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–२० क्रिकेटको प्लेअफमा पुग्न सफल भएको छ। शनिबार भएको खेलमा भैरहवा ग्ल्याडीयटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गर्‍यो। टियु मैदान कीर्तिपुरमा भैरहवाले दिएको  १ सय ५० रनको विजयी लक्ष्य काठमाडौंले १९.१ ओभरमा ३ विकेटको क्षतिमा १ सय ५३ रन बनाउदै प्ले अफमा स्थान सुरक्षित गरेको हो।

    चार खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै काठमाडौंले प्ले अफ पक्का गरेको हो। काठमाडौंलाई सहज जित जिताउन ओपनर अमित श्रेष्ठले उत्कृष्ट अर्धसतकीय इनिङ खेले। १५ औं ओभर पाँचौ बलमा विकेटकीपर प्रदीप ऐरीबाट रन आउटको शिकार हुनुअघि उनले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाए।

    ओपनर अमित श्रेष्ठ र कप्तान रोहन मुस्ताफाले पहिलो विकेटको रुपमा ६८ रनको साझेदारी गर्दै काठमाडौंलाई राम्रो सुरुवात दिलाए। कप्तान शरद भेषवाकरले आठौं ओभरको अन्तिम बलमा मुस्तफालाई बोल्ड आउट गर्दै साझेदारी तोडेपनि मुस्ताफाले २४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाएका थिए। दोस्रो विकेटका रुपमा सागर पुनले अमितसँग ४४ रनको साझेदारी गरेपछि भैरहवाको जितको आसा सकिएको थियो।

    केभिन ओ,ब्राइनले अन्त्यतिर १५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रनमा नट आउट रहँदै टिमको जित निश्चित गरे। २० औँ ओभरको पहिलो कृष्ण कार्कीको बलमा चौका हान्दै ब्राइनले खेल जिताए। ब्राइनले १६.५ ओभरमा जिवनदान पाएका मुस्तफा भाग्यमानी रहे। पुनित मेहराले क्याच लिए पनि बाउन्ड्री रेखा छुदा पेभिलिएन फर्कि सकेका ब्राइन पुन मैदान फर्केका थिए र उक्त बलमा एम्पारले छक्काको मान्यता दिए। सागर पुनले १३ रन जोड्दा नरेश बुढाएर पनि ४ रनमा नट आउट रहे।

    भैरहवाका लागि कप्तान शरद भेषवाकर र भुवन कार्कीले समान एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरको प्रदर्शन सम्झन लायक रहेन्। जारी प्रतियोगितामा पहिलो हार ब्योहोर्ने क्रममा भैरहवाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो।

    भैरहवाका लागि रविइन्दर सिंह र कप्तान शरदले उत्कृष्ट ब्याटिङ गरेपनि टोलीको जिटका लागि आबश्यक स्कोर बन्न सकेन्। सिंहले ६१ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ८६ रनमा नट आउट रहे। त्यस्तै शरदले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडे। भैरहवाको सुरुवात राम्रो नहुँदा ठुलो रनस्कोर बनाउन असफल भयो। पहिलो ओभरको चौथो बलमा ओपनर प्रदीप ऐरीलाई जितेन्द्र मुखियाले प्रदीप साहुको हातबाट क्याच गराउँदै शुन्य रनमा पेभिलियन पठाए।

    दोस्रो ओभरको पाँचौं बलमा केभिन ओ ब्राइनले सांसद शेखको हातबाट क्याच गराउदै हरि शंकर शाहलाई ४ रनमा आउट गरेपछि भैरहवा सूरुवातमानै दवाव परेको थियो। यसअघि भैरहवा र ललितपुर प्ले अफमा पुगि सकेका छन्। अव चितवन र विराटनगर मध्ये एक टोलीले प्ले अफमा स्थान बनाउने छ। चितवनको भन्दा विराटनगरको उच्च संभावना रहेको छ । विराटनरले अन्तिम खेल जिते सोझैं प्ले अफमा पुग्ने छ। हार्यो भने रनरेट निर्णायक हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]