|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले पराजित गरेको छ। एपिएफको मैदान हलचोकमा शनिबार भएको खेलमा च्यासलले १० खेलाडीमा सिमित भएपनि ब्रिगेडमाथि सहज जित हासिल गर्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको च्यासलले दोस्रो हाफमा सफल्ता हासिल गरेको थियो।

दोस्रो हाफमा सन्तबहादुर गुरुङ र सन्जोक राईले गरेका गोलमा च्यासल विजयी भएको थियो। जितसँगै च्यासल अंकतालिकाको छैटौं स्थानमा उक्लन सफल भएको छ। च्यासलको १३ अंक पुगेको छ। सन्तले ६५ औं मिनेटमा गोल गर्दै च्यासललाई अघि बढाएका थिए। छिरिङ गुरुङको कर्नरमा सन्तले हेडमार्फत गोल गरेका थिए। खेल सकिन ८ मिनेट बाँकी रहँदा सन्जोकले टोलीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।

सन्तोष साहुखलले दिएको पासमा अनमार्क सन्जोकले सहजै गोल गरेका थिए। इन्जुरी समयको पहिलो मिनेटमा च्यासलका सन्तको प्रहार बिममा लागेर फर्केपछि गोलअन्तर बढ्नबाट ब्रिगेड विजयी भएको थियो। खलेको अन्तिम समयमा च्यासलले १० खेलाडीमा सिमित भएको थियो। ८५ औं मिनेटमा दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाएर सन्तोष साहुखल मैदानबाट बाहिएका थिए। मनाङ मस्र्याङ्दी क्लब २४ अंकका साथ शीर्षस्थानमा रहँदा  संकटाको २१, थ्री स्टारको २१ र आर्मीको १७ अंक रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.