|

काठमाडौंः नेकपा केन्द्रीय कार्यालयमा सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्षहरूलाई टक्कर दिँदै नेतथा बामदेब गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन्। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

अध्यक्षको प्रतिवेदनपछि गौतमले व्यक्तिगत रुपमा आफ्नो प्रतिवेदन पेश गरेका हुन्। ओलीसँग निकट रहेका गौतम पछिल्लो समय ओलीसँग रुष्ट हुँदै आएका छन्। उनले तत्कालीन एमालेमा हुँदा पनि आफ्नो छुट्टै गुटका लागि कोसिस गर्थे। महाधिवेशनका बेलामा ओलीसँग निकट भएका थिए।

तर, पार्टी एकतापछि भने गौतम अध्यक्ष ओलीसँग रुष्ट हुँदै गएका छन्। अध्यक्षहरु र गौतमको प्रतिवेदनपछि बैठक स्थगित भएको छ। बैठक सोमबार विहान ११ बजेका लागि डाकिएको छ। आइतबार प्रतिवेदन अध्ययनका लागि समय छुट्याइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.