|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस जटिल परिस्थितिबाट गुज्रीरहेको बताएका छन्। शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता सिंहले  संस्थापक नेताहरूले नेतृत्व गरेको पार्टी यही हो र भन्ने अवस्था आएको बताए।  उनले पार्टीमा ठूलो चुनौती रहेको पनि सुनाए। उनले भने, 'जनताले कांग्रेस के हेरेर बसेको छ भन्न थाले, दुई तिहाइको सरकार भूमिकाविहीन बन्दा किन कांग्रेस एक नभएको?' १३ औँ महाधिवेशनपछि संगठनको संरचनाले गतिशीलता नपाएको उनको भनाइ छ।

कांग्रेसले कमिकमजोरी केलाएर आगामी बाटो स्पस्ट कोर्नुपर्ने उनको धारणा छ।  'अब जनतालाई केन्द्र बिन्दुमा राखेर काम गरौँ। पहिला गरेको कामको मात्र कुरा गरेर हुँदैन। देशमा रोजगारी सृजना गर्न पार्टीले नीति ल्याउनुपर्छ' उनले भने, 'अब ४० हजार नयाँ मतदाता हुँदै छ इतिहासको कुरा गरेर मात्र उनीहरूले मत दिन्छ? अब स्पस्ट नीति लिनुपर्छ। युवाको भविष्य कांग्रेसले कोर्छ भन्ने विश्वास दिलाउनुपर्छ। त्यसका लागि संगठनलाई बलियो बनाउनुपर्छ।' अब नयाँ संविधान अनुसारको सांगठनिक ढाँचा बनाएर पार्टीलाई। संविधानलाई संस्थागत गर्न हामीले पार्टीमा संघीयता कार्यान्वयन गरौँ।

महासमितिपछि अन्तरिम होइन नयाँ विधान कार्यान्वयन गरेर तल्लो तहबाट काम गरौँ। पार्टीको मुहान एक छैन तल कसरी हुन्छ? प्रतिपक्षको भूमिका चित्तबुझ्दो बनाउनु पर्नेमा उनको जोड छ। कम्युनिस्ट अलोकप्रिय भयो भनेर सुतेर बस्दा अर्को निर्वाचनमा मत नआउने उनले सुनाए। पार्टीमा सुधार ल्याउँभन्दा पार्टीमा विभाजन ल्यायो भन्न नमिल्ने र पुरानै विधानलाई राम्रोसँग अध्ययन गर्दा विधान राम्रो भएको तर कार्यान्वयन कमजोर रहेको उनको भनाइ छ।

विधान संशोधन गर्दा सैध्दान्तिक मात्र हैन व्यावहारिक पक्ष पनि हेरेर लाइफ एन्ड डेटको सबालमा महासमिति बैठक रहेको उनले सुनाए। सक्रिय भएर सबैले आ-आफ्ना धारणा निर्धक्क राख्‍न पनि उनले अपिल गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.