|

काठमाडौं : नेपाली कांग्रेसका नेता  गोपालमान श्रेष्ठले कांग्रेस भागबन्डाकै कारण गुट र उपगुट भएर कमजोर अवस्थामा पुगेको बताएका छन्। शनिबारदेखि राजधानीमा सुरु महासमिति बैठकको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भागबन्डाकै कारण पार्टी यो अवस्थामा आएको बताएका हुन्। एकताको महाधिवेशन भने पनि  सभापतिलाई काम गर्न नदिइएको उनको तर्क थियो।

महाधिवेशनमा जितेको नेतालाई काम गर्न दिनुपर्ने। हातखुट्टा बाँधेर नमिल्ने उनको तर्क छ। भागबन्डा नमिल्दा, व्यक्तिकोपछि लाग्दा अहिलेसम्म विभागहरू बन्न नसकोको उनले सुनाए। चुनावमा कांग्रेसकै नेताले अन्तर्घात गरेका र जुन गम्भीर गल्ती भएको उनको भनाइ थियो। अब कांग्रेसले कृष्णप्रसाद भट्टराईले देखेको सपना पूरा गर्नुपर्नेमा उनको जोड छ।

यस्तै चित्रलेखा यादवले महासमिति बैठक मात्र नभएर सम्पूर्ण कांग्रेसको भविष्य भएको बताइन्। पार्टीभित्र मित्रताको आवश्यक पर्नेमा उनको जोड छ। आरोप प्रत्यारोपले कहीँ पुग्न नसकिने उनको भनाइ थियो। '५२ प्रतिशत महिलाको जनसंख्या भएको महिला अहिले प्रदेशमा १ जना पनि महिला मुख्यमन्त्री नबनाउँदा कांग्रेसले महिलालाई अवसर दिनुपर्छ कि पर्दैन?' उनको प्रश्‍न थियो।  पार्टीलाई अघि बढाउन महिला नचाहिएला तर साथ र सहयोग त चाहिन्छ नि? भनी उनले पार्टी नेतृत्वलाई व्यंग्य पनि गरिन्। सभामुख र उपसभामुख राष्ट्रपति उपराष्ट्रपतिमध्ये एक महिला हुँदा प्रधानमन्त्री र उपप्रधानमन्त्रीमध्ये एक महिला बनाउन कांग्रेस किन चुकेको भनी उनले खेद व्यक्त गरिन्। महासमिति सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.