|
दोलखामा अज्ञात समूहले जलाएको कार।

नमिन ढकाल

इलाम : इलामको शान्तिपुर-५ मा अज्ञात समूहले गाडीमा आगजनी गरेका छन्। शनिबार राती करिव १ बजेको समयमा दिपक प्रधानको घरमा पार्किङ गरेर राखिएको मे १ ज १९६ नम्बरको पिकअपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। 

आगजनीपछि गाडीको सिट टयाङकी लगायतको भाग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताए। आगजनीस्थल आइतबारे प्रहरी चौकीबाट २ घण्टाको दुरीमा गाँउमा रहेकाले थप विवरण आउन बाँकी उनको भनाइ छ। सम्पूर्ण जानकारी आएपछि छानविन गरेर आगजनीमा संलग्नलाई कारवाही गरिने प्रहरी प्रमुख यादवले बताए। 

त्यस्तै विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव त्रिलोचन भट्टराइले इलाममा बन्द शान्तिपुर्ण र मर्यादित रहेकाले सो कार्यमा आफुहरुको संलग्नता नरहेको स्पष्ट पारे। 

इलाममा बन्दको सामान्य प्रभाव परेको छ। जिल्लाका विद्यालयहरु बन्द रहेका छन् भने पसल फाट्टफुट्ट खुलेका छन्। सरकारी कार्यालयहरुमा कामकाजका लागी आउने सेवाग्राहीको संख्या अरु समयको तुलनामा निक्कै नै कम मात्र देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.