|

दुनै(डोल्पा) : हिँउदे मौसम सुरुभएसँगै कर्णाली प्रदेशका डोल्पा हुम्ला,जुम्ला,मुगु, लगाएतका जिल्लाहरुमा चिसो बढेको छ। एकसाता देखिको बदलीपछि हुम्ला र जुम्लामा हिमपात भयो। बिहिबार राती डोल्पा र मुगुका उच्च हिमाली भेगहरुमा बर्षतसँगै हिमपात भएको छ। मंसिर महिना लागेपछि आकाशमा बदलीसँगै उच्च भेगहरुमा हिमपातहुन थालेपछि कर्णालीका जिल्लाहरुमा दिनप्रतिदिन चिसो बड्दै गएको छ।

 दैनिकजसो चिसो बड्न थालेपछि आजभोलीको घाम प्यारो लाग्न थालेको त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय दुर्गाप्रसाद देबकोटाले बताए। दिउसोँको घामेले चिसो केही कमहुने भएतापनि विहान बेलुकी कर्णालीबासीको दैनिकी एकदमै कष्टकर बन्न थालेको देबकोटाको भनाइ छ।

त्रिपुराकोट गाँउ वारीपारीका हिमालमा भएको हिँउका कारण चिसो हावा लागिराख्ने र विहान बेलुकीको समय डोल्पालीकालागि अत्यन्तै कष्टकरहुने गरेको उनले बताए। चिसोबडेसँगै नियमित सरसफाईमा समेत समस्याहुने गरेको डोल्पालीको भनाइ छ।

जाडो छल्न तराइ

कर्णालीका डोल्पा,हुम्ला,जुम्ला,मुगु लगाएतका जिल्लाहरुमा चिसोबडेसँगै सर्वसाधारणहरु जाडो छल्न तराइझर्न थालेका छन्।  पुस र माघको दुइ महिनाको जाडोछल्नकालागि नेपालगंञ्ज,काठमान्डौ,सुर्खेत लगाएतका जिल्लाहरुमा कर्णालीबासी झर्दछन्। पुस लाग्न थालेसँगै कर्णालीका विमानस्थलहरुमा सर्बसधारणको घुईँचो लागेको छ।

डोल्पाको जुफाल,हुम्लाको सिमीकोट,मुगुको ताल्चा  लगाएतका विमानस्थलहरुमा दिन प्रतिदिन सर्वसाधारणको चाप बड्दै गएको हो। नेपालगञ्जको हुस्सुले कर्णालीका विभिन्न विमानस्लमा हवाई उडान प्रभावितहुदा दिन प्रतिन विमानस्थलहरुमा यात्रुहरुको चाप बड्दै गएको हो।

नेपालगंञ्जमा लाग्ने हुस्सुका कारण उडान कम यात्रुको दिनप्रतिदिन बड्दै गएकाले टिकट वितरणमा समस्याहूने गरेको जुफाल विमानस्थल अन्तर्गत तारा एयरलाइन्समा काम गर्दै आएका लंक भण्डारीले जानकारी दिए। हवाइजहाजबाट झर्ने यात्रुहरुको चाप बडेपछि हवाइटिकट नपाइने भन्दै अधिकाशं सर्बसधारणहरु सडकमार्गबाटै गन्तब्यसम्म पुग्न थालेका छन्। प्रत्येक बर्ष यहि समयमा जाडो छल्न बेशिझर्ने सर्बसाधारणको भिँडलाग्ने गरेको डोल्पाको जुफाल विमानस्थलले जनाएको छ। कर्णालीबासीको जाडो छल्न झर्ने शहरहरु मध्ये काठमान्डौ प्रमुख रोजाइमापर्ने गर्दछ। यतिखेर जाडो सिँजन सुरुभएसँगै कामकाजबाट समेत फुर्सद पाइने भएकाले पनि व्यक्तिगत कामकाज देखि लिएर राजनितिक भेटघाट र सामान किनमेलकालागि पनि काठमान्डौ धेरै जाने गरेका हुन्। जाडो छल्न तराई झरेका कर्णालीबासी फागुन महिना लागेपछि मात्रै घर फर्कने गर्दछन्।

पुरुष शहरमा,महिला घर धन्दामै

हिँउदे मौसम सुरुभएसँगै कर्णालीमा बड्ने अत्याधिक चिसोले यहाँका महिलालाई भने छुँदैन्। दैनिकजसो बड्दैजाने कठ्याङ्ग्रीदो चिसोमा पनि कर्णालीका महिलाहरु चुलो चौकोमै व्यस्तहुने गर्दछन्। चिसो छल्ने राजनितिका भेटाघाटको निहुँमा पुरुषहरु तराइका जिल्लाहरुमा झर्ने भएकाले अधिकाशं महिलाहरु घर कुरुवाको रुपमा पनि घरमै बस्ने गर्दछन्।

कर्णालीका जिल्लाहरुमा अझै पनि पुरुषबादी समाजको हाबी भएकाबेला पुरुषहरुले महिलाको समस्या मतलब नराख्ने स्थानीय महिला काली चलाउनेले  गुनासो गरिन्। हिमपातसँगै चिसिने कर्णालीको चिसो प्रत्येक बर्ष पुरुषको तुलनामा महिलाले  खेप्ने गरेको उनको भनाइ छ। “पुरुषहरुसबै मंसिरलागेसँगै तराइ झर्ने गर्छन्,पुस माघको बड्दो चिसोमा घर धन्दा चलाउने देखि पशुबस्तु चराउने र छतमा परेको हिँउ सोहोर्ने कामपनि महिलाहरुकै हुन्छ चलाउनेले भनिन्।”

फुर्सदिला कर्णालीबासी

कर्णालीबासीहरु बह्रै महिना घरायसि कामकाजमा ब्यस्तहुने भएपनि हिँउदको पुस र माघमा भने फुर्सदिलाहुने गर्दछन्। मंसिर महिनामै हिँउदेबालीको रुपमा रोपिने गहुँ,जौँ,उवा लगाएतका अन्नबालीहरु लगाइसक्ने गर्छन्। फागुन महिना देखि खेतीपातीको काममा ब्यस्तहुने भएकाले यो दुई महिनामा अन्नबाली जोहो देखि घाँस पात,स्याउला सोत्तर,दाउरा जोहोगर्नतिरलाग्ने त्रिपुरा सुन्दरी नगरपालिका १ कि स्थानीय लक्ष्मी रोकायले बताइन्।

कर्णालीमा हिँउदमा भारी हिमपातभई चिसोले घर बाहिर समेत निस्कन नसकिने भएकाले आगो ताप्नकोलागि मंसिरमा गुँइठा,दाउराको जोहो धेरै हुने गर्दछ। चिसोमा घट्ट तथा मिलहरुमा जान समेत समस्याहुने भएकाले खाद्यान्नको समस्या नहोस भनेर मंसिरमै धेरै परिमाणमा खाद्यान्न कुटानी पिसानी किनमेल गर्दछन्।

जाडो छल्ने खर्च बैङ्कबाट

प्रत्येकबष हिँउदे मौसम सुरु भएसँगै कर्णालीमा अत्याधिक जाडोहुने गर्दछ। जाडो याममा तराई झर्ने खर्चपर्च स्थानीय स्तरमा स्थापना भएका विभिन्न सहकारी,समुह तथा लघु बित्तहरुबाट लोन धेरै गरेका छन्।

जाडो समयको सुरुवातीको रुपमा रहेको मंसिर महिनामै जाडो छल्न झर्ने खर्चको जोहोकालागि स्थानीयहरु बैङ्क धेरै धाउने गरेको रिलायबल माईक्रो फाईनाईन्स डोल्पाका कर्मचारी हेमन्त बुढाले बताए।

अन्य महिनाको तुलनामा ऋण लगानी धेरैहुने गरेको उनले बताए। तराईझर्न हवाइ भाडादेखि खाने खर्चकालापग समेत ऋण लिने गरेको उनको भनाई छ। यतिखेर लिएको ऋण किस्ता बुझाउँदै गर्ने र बाँकी ऋणको किस्ता यार्सा सिजनमा यार्सागुम्बा टिपेर पनि चुक्ता गर्ने शर्तमा लिनेगरेका बित्तिय संस्थाहरुले जानकारी दिए।

कर्मचारी पनि फुर्सदिला

जाडो सयममा धेरैजसो सर्वसाधारणहरु जाडोछल्न तराई झर्ने भएकाले कार्यालयहरुमा कामकाजको चाप कमहुने र कर्मचारी पनि फुर्सदिलाहुने गर्दछन्।

अन्य महिनाको तुलनामा पुष माघमा सेवाग्राही पनि कम आउने भएको कामको चाप कमहुने गरेको बिभिन्न कार्यालयले जनाएका छन्। यस समयमा जिल्लाका अधिकासं सरकारी तथा गैह्र सरकारी कार्यालयहरु कर्मचारीहरु विहिनहुने गर्दछन्।

कतिपय कार्यालयहरु सहयोगिको भरमा चल्दछन्। कर्मचारीहरु जाडोछल्न तथा घुमघामकोलागि तराई झर्ने भएकाले यस समयमा कार्यालयहरु कर्मचारी विहिनहुने हुने गरेकाहुन्। कर्मचारीमात्रै नभइ जनप्रतिनिधिहरु समेत जाडोछल्ने बाहानामा घुमघामकालाति तराइका जिल्लाहरुम जाने र्गछन्।

उपल्लो क्षेत्रका तल्लो क्षेत्रमा,तल्लो क्षेत्रका तराईमा कर्णालीका डोल्पा,जुम्ला,मुगु,हुम्लाको भुगोल जिल्लामै दुइ क्षेत्रमा बिभाजित छ। जिल्लाका उच्च भेगमा बसोबास गर्ने सर्वसधारणहरु तल्लो क्षेत्रमा भन्दा धेरै चिसोहुने भएकाले छ महिनाको अस्थायी बसोबासकालागि पशु चौपाय सहित जाडो छल्न बेशी झर्ने गर्दछन्।

यतिखेर आर्थिक रुपमा मजुबुद भएकाहरु भने काठमान्डौ पोखरा नेपालगञ्ज लगाएका शहरहरुमा जाने र आर्थिक अवस्था  कमजोर सर्वसाधारणहरु चिसो कमहुने ठाँउखोज्दै तल्लो क्षेत्रमा झर्छन्। यतिखेर उपल्लो क्षेत्रका मान्छेहरुले फुर्सको समयको उपयोग गर्दै राडी,पाखी,झोला बनाएर बेच्ने र जिम्बुहरु अन्नबालीहरु सँग साटासाट गरेर आय आर्जन गर्ने गर्दछन्। तल्लो क्षेत्रका मान्छेहरु भने घरब्यबहार महिलाको जिम्मा दिएर तराइ झर्ने गर्छन्।

सम्पुर्ण बिद्यालय बन्द

कर्णालीमा दुइ प्रकारको शैक्षिक सत्र लागुहुँदै आएको छ। उपल्लो डोल्पामा यस बर्षको शैक्षिक सत्र सकिएको छ।शैक्षिक सत्र सकिएसँगै उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध,शे फोक्सुन्डो,छार्काताङसोङ गाँउपालिकामापर्ने सम्पुर्ण बिद्यालयहरु बन्द भइसकेका छन्। छ महिनाकालागि बन्द भएका उपल्लो डोल्पाका बिद्यालयहरु बैशाखमात्रै खुल्ने गर्दछन्। मंसिर महिनालागेसँगै तल्लो डोल्पामापर्ने बिद्यालयहरु पनि बन्दहुने तरखरमा छन्।

यहाँका त्रिपुरा सुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका,काईके,जगदुल्ला,मुड्केचुला गाँउपालिकामा मध्ये त्रिपुरा सुन्दरी नगरपालिका र काईके गाँउपालिकामा बार्षिक परीक्षा सकिएको छ। बार्षिक बरीक्षा सकिएसँगै बिद्यालयहरु बन्द भएकाछन्।अन्य स्थानीय तहमा भने बार्षिक परीक्षा चलिरहेको छ।परीक्षा सम्पन्नहुने बित्तिकै नतिजा प्रकाशन गरेपछि बिद्यालयहरु बन्दहुने बिभिन्न स्थानीय तहले जनाएकाछन्। तल्लो डोल्पाका सम्पुर्ण बिद्यालयहरु पुस पहिलो साताभित्र बन्द भएर फागुन पहिलोसाता खुल्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.