|
फाइल फोटो

काठमाडौं :  पार्टी सञ्चालनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सहकार्य नगरेको आरोप कार्यकर्ताबाट आएको अवस्थामा शनिबार दुवै नेताले एक भएर अघि बढ्ने प्रतिबद्धतासहित हातेमालो गरेका छन्। गच्छदारले २०५२ सालको हारपछि कांग्रेसका शीर्ष २ नेता गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले कार्यकर्तबीच पार्टीलाई एकढिक्का भएर अघि बढ्न हातेमालो गर्न आह्वान गरेको प्रसंग उठाएका थिए। 

 कांग्रेसको महासमिति बैठकमा बोल्ने क्रममा उपसभापति विजयकुमार गच्छदारले आह्वान गरेपछि उनीहरूले हातेमालो गरेका हुन्। सुरुमा एक एक गरेर उठेका उनीहरू अर्का उपसभापति विमलेन्द्र निधिले कर गरेपछि उनीहरू एकैसाथ उठेर हातेमालो गरेका हुन्। 

विजयकुमार गच्छदारले भने,  'म १० वर्षपछि मैले दुन बगाएको पार्टीमा जय नेपाल भन्न आएको छु। कांग्रेस विचारले प्रतिनिधित्व गरेको पार्टी हो कांग्रेस। अहिले कांग्रेसमा बिकाराल चुनौती छ। जुन उत्साहका साथ अाउनुभएको छ त्यसको दुई गुणा उत्साहित भएर तपाईंहरू जानुहोस्। अब आउने चुनावमा पहिलो पार्टी बनाएर सरकार बनाउछौँ। कांग्रेसले चुनाव नगरेको भए अहिले केपी अोली प्रधानमन्त्री हुने थिएनन्।

उनले कांग्रेसका कारण अवसर पाए। कांग्रेसले २०५१,२०६४ र अहिलेलचुनाव हारेकै हो तर चुनाव हार्दैमा इतिहास मेटिदैँन। हम्रो वरिष्ठ नेता मात्र चुनाव हारेको हैन। अहिलाका प्रधानमन्त्री अोली पनि २०६४ मा हारेका हुन्। माधव नेपाल पनि हारेका थिए उनलाई गिरिजाबाबुको कृपाले हारेको मान्छे प्रधानमन्त्री हुनुभयो । सभापतिले जतित्नुभएको छ। वरिष्ठ नेतालाई पनि बनाउन सक्नुहुन्छ । संविधान निर्माणमा मैले भूमिका खेलेको हुँ।

कांग्रेसमा म त्यसै आएको हैन सबैको आग्रहमा अाएको हो। अोली र प्रचण्डले मलाई मन्त्री बनाउछु यता आउनुहोस्। त्योबेला अोलीले भित्तामा देखाएर कांग्रेसलाई बोर्ड थन्काइदिन्छु कांग्रेसमा नजानु भने। अोलीले अहिले संविधान खानर्फ लागे। कम्युनिस्टले अधिनायकवाद ल्याउछ भन्ने लागेको थियो अहिले प्रमाणित हुँदैछ। कांग्रेस कमजाेर भयो भने देश कमजोर हुन्छ। त्यही बुझेर म कांग्रेस आएको हो। कुनैबेला म पार्टी भन्दा ठूलो मधेस भन्थेँ तर मलाई लाग्यो मधेसभन्दा ठूलो देश लाग्यो त्यसकारण म कांग्रेस आएँ। यसपटक केन्द्रीय समितिमा मैले अचम्म देखेँ। बैठकमा धेरै विवाद थियो। बैठकमा एउटा प्लेटमा फुरनदाना बाँडेर खाएको मैले देखेँ। त्यो प्रेम पार्टी सञ्चालनमा पनि आओस्। वरिष्ठ नेता र सभापतिले हातलउचालेर समाएर एकताको सन्देश दिनुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.