|

जनकपुरधाम : धनुषामा एक युवकको रहस्यमय मृत्यु भएको छ। धनुषाको जनकपुरधाम उप महानगरपालिका १४ रजौलका २८ वर्षीय मुरारी यादवको साथीहरूसँग घुम्न गएको बेलामा रहस्यमय मृत्यु भएको हो।

गत मंसिर २६ गते मुरारी आफ्नै साथी गुड्डु भन्ने ललित महतोसँग एउटै मोटरसाइकलमा सवार भई घुम्न तथा पार्टी खान भनी धनुषाधाम हिडेका थिए। मुरारी र ललित धनुषाधाम पुग्दा उनीहरूकै अन्य चारजना साथी श्याम ठाकुर, अमित मण्डल, कमलेश दास र बजिम राइनसँग भेट भएको थियो। सोही क्रममा उनीहरू ६ जना तारापट्टिको एक होटलमा मासु र मदिरा खाएको उनीहरू मध्ये श्याम ठाकुरको भनाई छ।

सोही क्रममा मुरारीको विवाहको कुरा चल्ने क्रममा कमलेश मण्डलको ससुराली मंगलपुरमा केटी हेर्न जाने तय भयो। ती मध्ये सबैजना मोटरसाइकलमा सवार भई मंगलपुर जाने क्रममा गुडु र मुरारीबाहेक सबैजना अगाडि पुगिसकेका थिए। यसरी गुडु र मुरारी आउन ढिलो भएपछि कमलेश मण्डलले गुडुलाई फोन गर्दा मोटरसाइकल दुर्घटना भएको जानकारी गराए।

दुर्घटनामा गम्भीर घाइते भएका मुरारीलाई धनुषाधामको राजाराम यादव पोलिक्लिनिकमा प्राथमिक उपचार गरियो। तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरधाम ल्याउने क्रमममा मृत्यु भएको श्याम ठाकुरको भनाई छ। यसरी मृत्यु भएसँगै ललित महतोले हत्या गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय धनुषाको कर्तव्य ज्यान मुद्दा दर्ता गराएका छन्।

यता परिवारजनका अनुसार मोटरसाइकल दुर्घटनामा चालक ललितलाई केही नभई पछाडि मुरारीको मृत्यु हुनु दुर्घटना नभई नियोजित हत्या भएको दाबी छ। मृतक मुरारीका बहिनी रुकमिनी यादवले अग्रिम योजनाअनुरुप आफ्नो दाइको हत्या गरिएको आरोप लगाए। यता तर मुरारीको घटनापश्चात ललित फरार भएका छन्। यसै सन्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले मुरारीको मृत्यु सम्बन्धमा अनुसन्धान भइरहेकाे बताए।

उनले पोस्टमार्टम रिपाेर्ट आएपछि गहन रुपले अनुसन्धान गरी घटना वा दुर्घटना भन्न मिल्ने बताए। मुरारीको शवलाई जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्टम गरी शुक्रबार नै दाहसंस्कार गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.