'सरकारको भन्दा बढी विरोध मेरो'

|

काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कञ्‍चनपुरकी १३ वर्षिया  निर्मला पन्तको हत्यारालाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन्। 
कांगेस महासमिति बैठकका उद्‍घाटनमा सभापति देउवाले निर्मला हत्यारालाई सरकारले नै समर्थन गरेको पुष्टि हुदै गएको बताएका हुन्। 'न्यायका लागि प्रचार टाँस्दा च्यात्नु नै यसको प्रमाण हो' देउवाले भने।

 उनले सकारका काम कारबाही र प्रधानमन्त्रीले पछिल्लो समय दिएको भाषणमा समेत आपत्ती जनाएका थिए। बुद्धिजीविलाई थला पर्ने भन्ने प्रधानमन्त्रीको भनाई आपत्तीजनक भएको देउवाले बताए। 

उनले महासमिति पछि पार्टीलाई एकतावद्ध हुने ससक्त प्रतिपक्ष प्रतिपक्षको भूमिका निभाउने बताए। उनले अहिलेको अवस्था पार्टी छाड्ने अवस्था कसैलाई नआउने समेत बताएका छन्। 

सरकारको भन्दा बढी विरोध आफ्नो गरेकोमा सभापति देउवा आक्रोशित देखिन्थे 'मेरो विरोध गर्न पाउनुहुन्छ तर सरकारको विरोध नगर्नुस्' देउवाले भने  'माधव नेपालले ओलीको विरोधमा बोलेजति बल्नुस् न किन खाली मेरो विरोध गर्ने?।"

कांग्रेस महासमिति बैठक 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.