|

काठमाडौं :  'देशको कल-कारखाना निजीकरणको नाममा बेचिएको छ, यसको उचित मूल्यांकन जनता स्वयमले गरेका छन्', पछिल्लो पटक  ११ मंसिरमा प्रधानमन्त्री केपीशर्मा ओलीले कांग्रेसलाई लक्षित गर्दै भनेका थिए।

गत बैशाख २८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रीका यादवले कांग्रेसको अर्थनीतिको कारण मुलुक नै आर्थिक रूपमा ध्‍वस्त भएको टिप्पणी गरे। उनले नेपालको इतिहासमा सबैभन्दा धेरै पटक अर्थमन्त्री बनेका डा. रामशरण महतलाई लक्षित गर्दै भनेका थिए 'देशको अर्थतन्त्रलाई ध्वस्त पार्नेलाई विदेशमा उत्कृष्ट अर्थमन्त्रीको उपाधि दिइयो।'

२०४८ सालपछि कांग्रेसले सरकारको दायित्व बढी भएका  उद्योगलाई निजीकरण गरेको प्रति  निरन्तर आलोचना खेप्दै आएको छ। अहिले देश व्यापारमा परनिर्भर बन्नुको कारण यही भएको समेत कतिपयले आरोप लगाउने गरेका छन्। कांग्रेस कार्यकर्ताले खेप्ने पहिलो आरोपनै कलकारखाना बेचेको नै हो।

यसका बीच नेपाली कांग्रेस गतवर्षको निर्वाचनको पूर्वसन्ध्यामा २५ वर्षमा गरेको काम भन्दै फेयरिस्त निकालेर जनताको बीचमा लग्‍यो। यद्यपी त्यो बीचमा धेरै कांग्रेसबाहेकको सरकारले गरेको निर्णयको प्रभाव भएको दाबी गर्नु स्वभाविक थियो।

 'नेपाली काग्रेसकै आर्थिक नीतिले २०४८ मा १२ अर्बको हाराहारीमा रहेको राजश्व असूली प्रचलित मूल्यमा अहिले करिब ९५० अर्ब पुग्ने अर्थतन्त्रको जग बसेको हो', नेपाली कांग्रेसले महासमिति बैठकको पूर्वसन्ध्यामा तयार पारेको आर्थिक नीतिको प्रस्तावमा भनिएको छ। निजी करणको प्रभावको विषयमा यही प्रतिवेदनको एक वाक्यंशले पुष्टि गर्ने कांग्रेस नेताहरू बताउँछन्।

त्यसो त पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसले आफ्नो अर्थनीति र भएको प्रतिफलको विषयमा आम जनतालाई बुझाउन नसकेको बताएका छन्। उनले बिहीबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्तक विमोचनका क्रममा कांग्रेसको आफूले गरेको काममको प्रभाव बुझाउन नसकेको बताएका हुन्।

कांग्रेस भित्र र बाहिरबाट पनि निजीकरण गरेर गल्ति गरेको आरोप खेप्‍ने गरेका डा. रामशरण महत भने पार्टी निर्णय आफूले गरेको र आफू पूर्ववर्ति सरकारले गरेको कामको निरन्तरता दिएको बताउँछन्। उनले खुल्ला बजार अर्थनीतिकै कारण शिक्षा, स्वास्थ्य, सञ्‍चार तथा यातायातामा राज्‍ले छोटो समयमा धेरै प्रगति गरेको दाबी गर्छन्।

उनले निजीकरण गलत हुँदा तत्कालीन प्रतिपक्षी दल पनि गलत हुनुपर्ने तर्क गर्छन्। 'निजी करण गर्नुपर्ने कारण प्रभावको विषयमा समिति बनाएर समितिबाट निर्णय भएपछि मात्रै निजीकरण गरिएको हो, त्यो समितिका प्रतिपक्ष दलका नेताहरूको पनि उपस्थिति र सहमतिपछि गरिएको थियो', डा. महत भन्छन्।

तर, कांग्रेसले आफ्नो पालामा लिएको खुल्ला बजार अर्थनीतिको कारण लामोसमयमको आन्तरिक द्वन्द्वका बीच यो अवस्थामा आएको बताउने गरेका छन्। निजीक्षेत्र पनि खुला बजार अर्थतन्त्रको कारण स्वतन्त्र व्यापार गर्न पाएको भने स्वीकार गर्छन्। 'पहिले व्यावसाय गर्न स्वतन्त्र थिएन न उद्योग खोल्न स्वतन्त्र थियो, २०४८ पछि मात्रै यस्तो स्वतन्त्रता भएको हो', उद्योगी राजेन्द्र मल्ल भन्छन्।

 तर, उनले कांग्रेसले १२ अर्बको राजश्‍व १० खर्बमा पुग्‍ने जग बसाल्यो भन्दै गर्दा त्यसबाट दशेको विकासमा कति प्रयोग भयो जस अपजस लिन तयार हुनुपर्ने बताउँछन्।

राजश्‍व तिर्न कति सक्षम हुने अवस्था छ र  उठेको राजश्‍व सोही ठाउँमा प्रयोग भगइवा भएन भन्ने कुरा पनि बुझ्नु पर्छ' , मल्‍लले भने, 'उठाउने सवालमा नीति सफल भयो होला खर्च गर्ने सवालमा उचित नीति नै भएन त्यसको परिणाम अहिले देखिएको छ।'

उद्योगी व्यवसायीले भने जस्तै अहिले पनि देशको कुल राजश्वले चालु खर्चसमेत चल्न सक्ने स्थिती छैन। कांग्रेसको विगतको समिक्षा र भविष्यको योजनाका विषयमा छलफल गर्ने थलोसमेत भनिएको महासमिति बैठकको कांग्रेस आम जनातबाट उठ्ने प्रश्‍नको उत्तर दिने गराउन कांग्रेस कार्याकर्ताहरूले माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.