अर्थ

उद्यमशीलता विकासको लागि घर घरमा बजार बहस
SHARES

मंसिर २९, २०७५

    काठमाडौं : गभर्नर डा. चिरञ्‍जीवीले नेपालले उद्यमशिलतामा युवाहरू केन्द्रित नभएको बताएका छन्। उनले उद्यमशिलताको विषयमा सिक्‍ने समयमा बजारको यथार्थ अवस्थाको विषयमा समेत जानकारी नहुँदा उद्यमशीलता विकास हुन नसकेको बताएका हुन्। 

    'तरकारी मूल्य कति छ पनि थाहा हुँदैन सेयर बजारको अवस्था के छ पनि युवालाई थाहा हुँदैन बुझ्न खोज्यो भने परिवारले सहयोग गरेको देखिदैन' शनिबार 'कमन सेन्स इकोनोमिक्स' अंग्रेजी किताबको नेपाली अनुवाद 'असल अर्थशास्त्र' बिमोचनका गभर्नर नेपालले भने 'बिहेपछि मात्रै युवाले बजार मूल्य थाहा पाउछ अनि कसरी ज्यान पाल्ने भन्नेमै समय वित्छ।' उनले उद्यमशिलताको विकासको लागि घर घरमा बजार अवस्थाको विषयमा बहस हुनु पर्ने बताए।

    नेपालले देशभित्रै  उद्यमशिलताका प्रश्स्त संभावना रहेको भन्दै उद्यमशिलतामा केन्द्रित हुन आग्रह गरे। जागिरमा मात्रै ध्यान गएकाले नेपालीहरुमा उद्यमी बन्ने सोच अझै विकसित हुन नसकेको उल्लेख गर्दै  गभर्नलर नेपालले जागिर दिने नेपाली बन्‍न आग्रह गरे। 

    नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्प आचार्यले शासन परिवर्तनले मात्रै देश समृद्धि नहुने बताउँदै समृद्धिका लागि मुलुकमा उद्यमशीलताको विकास जरुरी रहेको बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]