राजनीति

शक्तिशाली आयोगबाट मुक्त कमैयाको व्यवस्थापन गरिने
SHARES

मंसिर २९, २०७५

    बाँके : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले अबको एक वर्षभित्रमा मुक्तकमैयाको व्यवस्थापन गर्ने दाबी गरेकी छन्।

    भूमि समस्यासँग सम्बन्धित बर्दियाका सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा मन्त्री अर्यालले भनिन्, ‘शक्तिशाली आयोग गठन गरी एक वर्षभित्रमा मुक्तकमैयाको समस्या समाधान गर्छौं।‘

    मन्त्री अर्यालले अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने र खण्डीकृत जग्गालाई एकीकृत गरी भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने बताइन्।

    आगामी वर्षदेखि मुक्तकमैया पुनःस्थापनाको समस्या लिएर मन्त्रीसमक्ष आउनु पर्दैन भन्दै उनले मुक्त कमैयाको समस्यालाई पूर्णरुपमा समाधान गर्ने दाबी गरिन्।

    मन्त्री अर्यालले मुक्तकमैयाको समस्या समाधान यसै वर्ष हुनुपर्छ, यसका लागि आवश्यक सबै संयन्त्र प्रयोग गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी थिइन्।

    अहिलेसम्म बर्दियामा १० हजार ७९७ घरपरिवार मुक्तकमैयाले परिचयपत्र पाएका छन्। तीमध्ये १० हजार ७१४ घरपरिवार मुक्तकमैया पुनःस्थापित भएका छन्। पुनःस्थापित हुन नसकेका ८३ घरपरिवारमध्ये ७० घरपरिवार सम्पर्कमा नआएको र १३ घरपरिवार पुनःस्थापना हुने क्रममा रहेको भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]