|

काठमाडौं : सातवटै प्रदेशका सभामुख र उपसभामुखसहित संघीय संसदको प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको भेलाले सात निर्णय गरेको छ।

चितवनको सौराहामा भेला भएका सभामुख र उपसभामुखले अन्तर प्रदेश छलफललाई कायम राख्दै अन्तर प्रदेश सभा समन्वय परिषद् गठन गर्ने निर्णय गरेका छन्। त्यसैगरी नेपाल सरकारलाई मर्यादाक्रम संशोधन गरेर प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको मर्यादाक्रम मिलाउन पहल गर्ने पनि निर्णय गरिएको छ। प्रदेशसभा सांसदहरूले सुरुदेखि नै मर्याक्रममा असन्तुष्टि जनाउँदै आएका थिए।

त्यसैगरी साझा सरोकारका कानुन निर्माणका लागि संघीय सरकारलाई आग्रह गर्ने, प्रदेशमा आधुनिक प्रविधियुक्त प्रदेश सभा हल निर्माण गर्ने लगायतका निर्णय गरिएका छन्।

हेर्नुहोस्, सभामुख र उपसभामुखहरूको सौराहा भेलाले गरेका निर्णयः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.