|

काठमाडाै : थ्रीस्टार क्लबले शनिबार आठौँ खेलमा सातौँ जित निकालेको छ शहीद स्मारक ए डिभिजन लीगमा मनाङसँग तीन अंक बनाउन थ्रीस्टार सफल भयो। ८ खेलबाट मनाङको २४ अंक रहेको छ भने थ्री स्टार र संकटाको समान २१ अंक रहेको छ। आर्मीको भने १७ अंक रहेको छ। लीगमा अब पाँच चरणका खेल बाँकी रहेका छन् ।

थ्रीस्टारले मच्छिन्द्रविरुद्ध १–० को जित निकाल्दा रञ्जित धिमालले पेनाल्टीमार्फत गरेको एकमात्र गोल निर्णायक भयो। एपिएफ मैदानमा भएको खेलमा १२औँ मिनेटमा थ्रीस्टारले पेनाल्टीको मौका पाएको थियो। निराजन खड्काको प्रहारलाई मच्छिन्द्रका डिफेन्डरले ह्यान्ड गरेपछि थ्री स्टारले सुरुवातमानै गोलको मौका पाएको थियो। उक्त मौकालाई जारी लिगमा सर्वाधिक गोलकर्ताका रूपमा रहेका रञ्जितले गोल गरेका थिए। रञ्जितको जारी लिगमा उक्त गोल ७ औं हो।

मच्छिन्द्र क्लबले उपाधि होडमा रहेका बलिया प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन जारी राख्ने क्रममा थ्री स्टारलाई आच्छु आच्छु बनायो। अधिकांश समय थ्री स्टारले नै खेल आफ्नो पकडमा राखेपनि गोल गर्न भने मच्छिन्द्रले दिएन।

थ्री स्टारका स्टार खेलाडीले एकपछि अर्को राम्रा प्रहार गोलरक्षकले क्लियर गरेका थिए। पहिलो हाफमा गोलका सानदार दुई मौका चुकाएको थ्री स्टार दोस्रो हाफमा पनि गोल गर्न प्रयासरत देखिन्थ्यो, तर उसले मच्छिन्द्रको डिफेन्स र गोललाइन तोड्न भने असफल भयो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.