|

काठमाडौं : बिहान र बेलुकी हावामा २.५ माइक्रो मिटर र त्योभन्दा कम व्यास भएका हानिकारक धुलोका कण अत्यधिक हुने भएकाले मर्निङ र इभिनिङ वाक नगर्न विशेषज्ञले सुझाव दिएका छन्।

सर्वसाधरणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रद्रूषण मापदण्डभन्दा कयौं गुणा बढी पाइएको छ। आँखाले देख्न नसकिने यी कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्याका लागि अत्यधिक हानिकारक मानिन्छन्। 

क्यान्सरसमेत निम्त्याउन सक्ने केमिकल मिसिएका यी कणले रक्तसञ्चार प्रणाली र मुटुलाई आघात पुर्‍याउने विशेषणहरु बताएको समाचार कान्तिपुर दैनिकमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.