|

काठमाडाैं : एभरेष्ट प्रिमियर लिग क्रिकेटमा आइतबार एक खेल मात्रै हुदै छ। 

त्रिवि क्रिकेट मैदानमा दिउँसो एक बजे हुने खेलमा ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडियटरर्स भिड्ने छन्। 

जारी प्रतियोगितामा ललितपुर शीर्ष स्थानमा रहँदा भैरहवा दोस्रो स्थानमा छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर र शरद भेषावकरको कप्तानीको भैरहवा दुबै खेल जित्दै क्वालीफायर राउण्डमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन्। समान ४ खेल खेलेका दुबै टाेलीले एक खेलमा हार र ३ खेलमा  जित निकाल्दै ६ अ‌ंकका साथ तालिकाकाे शीर्ष र दाेस्राे स्थानमा रहेका छन्। 

विजयी हुने टिम शीर्ष स्थानमा रहँदै सिधै क्वालीफायर राउण्ड खेल्नेछ । क्वालीफायर राउण्डमा विजयी हुने टिम फाइनलमा पुग्दा पराजित हुने टिम एलिमिनेटर राउण्डमा खेल्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.