|

अर्घाखाँची : अर्घाखाँची जिल्ला अस्पतालबाट विगत दुई महिना देखी सुत्केरीले यातायात खर्च पाएका छैनन्। सरकारले अस्पतालमा सुत्केरी गराएमा दिदैँ आएको यातायात खर्च जिल्ला अपस्ताल अर्घाखाँची दिन छाडेको हो।

सुत्केरी भएकाले मात्र नभई नियमित गर्भवती जाँच गरेवापत पाउने पाेषण भत्ता समेत गर्भवतीहरुले पाउन छाडेको जनाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख डाक्टर जगनान्थ तिवारीले सरकारले रकम उपलव्ध नगराएकाले रकम नदिएको स्वीकार गरेका छन्।

कोषमा रकम नभएकाले रकम उपलव्ध गराउन नसकेको भन्दै प्रदेश सरकारलाई पत्रचार गरेको भए पनि वास्ता नगरेको डाक्टर तिवारीको भनाइ रहेको छ। प्रदेश सरकारको खातामा भने रकम रहेको उनको भनाइ छ। जिल्लाका मालारानी गाउँपालीका, भुमिकास्थानमा सुत्केरी रकम फ्रिज गएको छ हामीलाई रकम अभाव छ डा. तिवारीले भने। 

नपाएका सुत्केरी र गर्भवती महिलाको तथ्याङ्ग भने कार्यालय रहेको जनाइएको छ। रकम उपलव्ध भएका सम्बन्धित व्यक्तिलाई दिइने अस्पताल जनाएको छ। रकम खाता रहुनजेल भने दिइएको बताइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.