|

हेटौंडा :  पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा शनिबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। 

शनिबार राति हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा.७५ प १६१४ नम्बरको मोटरसाइकलले मनहरी–९ स्थित ज्यामिरेमा पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका हेटौंडा–११ नवलपुर घर भई ज्यामिरेस्थित गुम्बामा काम गर्ने ५५ वर्षीय प्रेम लामाको उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालक भने फरार रहेका छन्। ठक्कर दिएको

माेटरसाइकलको नम्बर प्लेट भने दुर्घटनास्थलमै खसेको पाइएकाले नम्बरको पहिचान भएको र सोही नम्बरको आधारमा ठक्कर दिने सवारी र चालकको खोजीकार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शनिबार राति नै मनहरी–७ रमनटारमा ना. ८ ख ११ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँका सञ्जोक कालाखेती गम्भीर घाइते भएका छन्। ना ४२ प ५२२५ नम्बरको मोटरसाइकलमा सवार कालाखेतीलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएको  मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ। कालाखेतीको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.