|

कालिकोट : नेपाल पत्रकार महासंघ कालिकोट जिल्लाको ११ औ साधारणसभाले जिल्लामा रहेर पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै थाहाकर्मी रमेश रावल र गोरखापत्र दैनिकका कालिकोट समचारदाता प्रेमराज सिम्खडालाई नवराज शर्मा ‘वसन्त’ स्मृति पुरस्कार सम्मान गरिएको छ। जिल्लामा रहेकार पत्रकारिता क्षेत्रको राम्रो योगदान दिएको भन्दै पत्रकार महासंघले सम्मान गरेको हो। 

नेपाल पत्रकार महासंघ कालिकोटले यस वर्षबाट शुरु गरेको नवराज शर्मा ‘बसन्त’ पत्रकारिता पुरुस्कार गरेको हो। थाहाकर्मी रावल र गोरखापत्रका समचारदाता सिंम्खडा नवराज शर्मा ‘बसन्त’ पुरुस्कार पाउने पहिलो भएको पत्रकार महासंघ जिल्ला शाखा कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले बताए। ‘यसै वर्षबाट पत्रकार महासंघ जिल्ला शाखाले नवराज शर्मा ‘वसन्त’ स्मृति पत्रकारिता पुरुस्कार दिन थालेका छौं।’ उनले भने,‘पत्रकार रावल र सिंम्खडालाई यो पुरस्कार पाउने पहिलो ब्यक्ति हुन्। 

को हुन् नवराज शर्मा‘वसन्त’

कालिकोट जिल्लाको रास्कोट नगरपालिका–२ (साविकको सिपखाना गाविस) मा जन्मिएका नवराज शर्मा ‘बसन्त’ कालिकोटबाट प्रकाशित हुने कदम साप्ताहिकका सम्पादक तथा प्रकाशक हुन्। कालिकोटबाट पहिलो पटक पत्रिका संचालन गर्ने नवराज शर्मा ‘वसन्त’ नै हुन्। २०५९ वैशाख १९ गते सदरमुकामबाट घर भेटघाटमा गएका बेला तत्कालिन माओवादीबाट मारिएका थिए। 

खोज तथा विकास पत्रकारिता पुरस्कारको घोषणा

जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको खोज तथा विकास पत्रकारिता पुरुस्कारको घोषणा गरेका छन्। जिल्लामा रहेका क्रियाशिल पत्रकारलाई सो रकमबाट आउने ब्याजको पैसाले एक जना पत्रकारलाई पुरुस्कार वितरण गर्ने पत्रकार महासंघ जिल्लाको सवन्वयमा पुरुस्कार दिइने अध्यक्ष बमले बताए।

‘मैले गाउँपालिका तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ पत्रकार महासंघ जिल्ला शाखा कालिकोटको खातामा जम्मा गरेको छु।’ उनले भने, ‘त्यो रकमबाट आउने ब्याजले पत्रकार महासंघ जिल्लाले एक जना पत्रकारलाई पुरस्कृत गर्नेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.